www.tandavnews.com
Fact ~ In search of truth

बागमतीमा सभामुखको निर्वाचन आज

हेटौंडा ।
बागमती प्रदेशसभामा दोस्रो कार्यकालको सभामुखको लागि आज निर्वाचन हुँदैछ। निर्वाचन कार्यतालिका अनुसार आज शुक्रबार बिहान ११ बजेदेखी सभामुख चयनको लागि निर्वाचन हुने छ। प्रदेशसभभाको सभामुखको लागि बिहिबार ३ जनाले उम्मेदवारी दिएका छन्।

सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सयजुले उम्मेदवारी दिएका छन्। कुल ११० सदस्यीय प्रदेशसभामा सभामुखमा निर्वाचित हुनको लागि ५६ मत भए पुग्छ। यहाँ सत्ता गठबन्धनका उम्मेदवार पाठकलाई ७० सांसदको साथ छ।

प्रदेशसभामा नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ मत छ। ससदको सबैभन्दा ठुलो दल अर्थात प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवार अधिकारीलाई नेपाली कांग्रेसको ३७ सांसदको साथ रहेको छ। नेमकिपाका ३ सांसद प्रदेशसभामा रहेका छन्।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.