www.tandavnews.com
Fact ~ In search of truth

मणिपालको ‘कर्पोरेट स्वास्थ्य जाँच योजना’मा लेखनाथ उद्योग वाणिज्य संघको आवद्धता

पोखरा।
मनिपाल शिक्षण अस्पताल र लेखनाथ उद्योग वाणिज्य संघको बिच ‘कर्पोरेट स्वास्थ्य जाँच योजना‘मा सहमति भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ्य परिक्षण योजना’मा अस्पताल र लेखनाथ उद्योग वाणिज्य संघको बिच सहमति भएको हो ।

मणिपाल शिक्षण अस्पताल पोखरा र लेखनाथ उद्योग वाणिज्य संघको बिच स्वास्थ्य सेवा सुबिधा सम्बन्धी सहमती भएसँगै लेखनाथ उद्योग वाणिज्य संघकोमा आबद्द सदस्यहरुले सो सुविधा पाउने भएका हुन् ।

मणिपाल शिक्षण अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनील ओडुविल र लेखनाथ उद्योग वाणिज्य संघकोको तर्फबाट अध्यक्ष छत्रधर आत्रेय बिच सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा हस्ताक्षर भए अनुसार अब वाणिज्य संघका सदस्यहरुले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्क लाग्ने छैन।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.