www.tandavnews.com
Fact ~ In search of truth

‘विश्व अटिजम जनचेतना दिवस’ को अवसरमा पोखरामा प्रभातफेरि

पोखरा ।
१६औँ ‘विश्व अटिजम जनचेतना दिवस’को अवसरमा शनिबार पोखरामा प्रभातफेरि गरिएको छ । अटिजम सोसाइटी गण्डकी पोखरा र रोट्रयाक्ट क्लव अफ मणिपाल कलेज अफ मेडिकल साइन्सले सयुक्तरूपमा प्रभातफेरिको आयोजना गरेका हुन् ।

सप्ताहब्यापी कार्यक्रम अन्र्तगत चैत १८ गते पोखरा–३ नदीपुरबाट सचेतना प्रभातफेरि सु? भई चिप्लेढुंगाको मावअधिकार चोकमा नाटक मंचन गरिएको थियो ।

कार्यक्रममा मणिपाल कलेज अफ मेडिकल साइन्समा विद्यार्थीहरूले सडक नाटक अभिनय र आरटीआर प्रस्तुत गरेका थिए । साथै सुचित्रा पाठकले कविता समेत वाचन गरेकि थिइन् ।

Batas

¥यालीमा मणिपाल कलेज अफ मेडिकल साइन्सका रोटारेक्टर, अटिजम केयर सोसाइटी गण्डकीका सदस्य, अटिजमका बालबालिका र उनीह?का अभिभावक तथा पोखरा नर्सिङ क्याम्पसका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

अटिजम केयर सोसाइटी गण्डकीका प्रमुख मुकुन्द लम्सालले सचेतना कार्यक्रम गर्न पाउँदा निकै खुसि लागेको बताए । उनले भने,‘रोटर्याक्ट क्लब अफ मणिपाल कलेज अफ मेडिकल साइन्सेजसँगको सहकार्यमा सचेतना कार्यक्रम आयोजना गर्न पाउँदा संस्था निकै खुसी भएको छ । आगामी दिनमा थप परियोजनाहरूको अपेक्षा गर्दछु’

आरटीआरको नेतृत्वमा भएको कार्यक्रममा झण्डै २ सय जनाको सहभागिता रहेको थियो ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.