www.tandavnews.com
Fact ~ In search of truth

मनिपालमा पोखरामै पहिलो पटक कार्डियो क्याथल्याब लगाएतका सेवा शुरु

पोखरा ।
पोखराको शहरमा वि.स २०५३ सालमा स्थापित पोखरा मनिपाल शिक्षण अस्पतालमा कार्डियो क्याथल्याबसहितका सेवा शुरु भएको छ ।

पोखरा–११ फूबारीमा रहेको यस अस्पतालले नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम,सुरक्षित मातृत्व कार्यक्रम लगाएत नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा अघि सारेका कार्यक्रम पनि सरल र सहजरुपमा लिन सकिने ब्यवस्था मिलाइएको छ ।

पोखरामा पहिलो पटक सिटि स्क्यान, सुख्खा रसायन प्रयोगशाला, उपयुक्त मेडिकल रिपोर्ट र कार्डियो क्याथल्याब शुरु गरेको मनिपालले हाल विपन्न नागरिक कार्यक्रम अन्र्तगत मृगौला, मुटु, क्यान्सर, हेड इन्जुरी र स्पाइनल इन्जुरी रोगमा अनुदान कार्यक्रम गर्दै आएको छ ।

Batas

नेपाल सरकारबाट सञ्चालित खोप कार्यक्रम र ई.सि.एच.एस कार्यक्रमलाई प्रथामिकताका साथ सेवा दिदै आएको मनिपालले थप सेवा र सुविधा विस्तार गरिरहेको छ ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.