www.tandavnews.com
Fact ~ In search of truth

पहाडी भू–भागमा आंशिक बदली

काठमाडौँ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली हुने छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

यसैगरी राति कोशी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । शनिबार भने कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.