www.tandavnews.com
Fact ~ In search of truth

सेनाको साइबर स्पेसमा सागरको हमला, बाटुलेचौर डेरामा पुग्यो ब्यूरो

पोखरा ।
नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको कसूरमा सागर ढकाल पक्राउ परेका छन् । स्याङ्जा वालिङ्ग नगरपालिका वडा नं. १० घर भई हाल पोखरा महानगरपालिका –१६ बाटुलेचौरस्थित डेरामा बस्ने २१ वर्षीय सागर ढकाललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको टोलीले डेराबाटै पक्राउ गरेको हो ।

ढकालले घरधनीको ईन्टरनेट प्रयोग गरी नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको ब्यूरोले जनाएको छ ।
नेपाली सेनाको साइवर स्पेसमा अनधिकृत पहुँच पु¥याउने उद्देश्यले विभिन्न समयमा साइवर हमला भएको देखिएपछि सेनाले प्रहरीको साइबर ब्यूरोलाई जानकारी गराएको थियो ।

पक्राउ परेका ढकालललाई विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्र्तगतको कसूरमा काठमाडौ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी पशुपति कुमार रायले जानकारी दिए ।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.