www.tandavnews.com
Fact ~ In search of truth

हराइरहेको टाइटन पण्डुब्बी दुर्घटनाग्रस्त अवस्थामा भेटियो, सवार पाँचै जनाको मृत्यु

काठमाडौँ ।

झण्डै एक सातादेखि हराइरहेको टाइटन पण्डुब्बी दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सो पण्डुब्बीमा सवार पाँचै जना यात्रुको मृत्यु भएको अमेरिकी तट रक्षकले जनाएका छन् ।

पण्डुब्बीको खोजमा संलग्न बरिष्ठ तटरक्षक रियर एडम जोन मागरले जहाजको पाँच भाग टाइटानिकको भग्नावशेषको लगभग १ हजार ६ सय फिटमा फेला परेको पुष्टि गरे ।

Batas

भेटिएको भग्नावशेष विपत्तिजनक विस्फोटसँग मिल्दोजुल्दो रहेको पत्रकार सम्मेलनमा बताइएको छ । टाइटनले सतहसँग सम्पर्क गुमाएको केही समयपछि अमेरिकी नौसेनाले विष्फोटको आवाजजस्तो अनौठो आवाज आएको पत्ता लगाएका थिए ।

दुर्घटनामा मृत्यु भएका पाँच जनामध्ये दुई जना बुवा र छोरा शाहज्यादा र सुलेमान दाउदको परिवार भएको बताइएको छ । मृतकका परिवार शोकमा डुबेका छन् । टाइटानिकको भग्नावशेष खोज्न निस्किएको पनडुब्बी आइतबार बेपत्ता भएको थियो ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.