सन्जोग पराजुली
निमार्ण व्यवसायी
निर्माण व्यवसायी जो भौतिक संरचना लगायतको निर्माण कार्यमा सरकारको प्रत्यक्ष नीति, ऐन अनुसारको कार्यहरु सम्पन्न गर्दै आइरहेको सबैमा सर्वविदितै छ ।
हामी निर्माण व्यवसायी समाज र सिंगो मुलुकको भौतिक पूर्वाधार निर्माणमा दत्तचित्त भएर लाग्नु नै हाम्रो सर्वोपरी कर्तव्य हुन आउँछ ।
हामी निर्माण व्यवसाय जहिले पनि सरकारको विकासका एजेण्डामा परिपूरक भई हातमा हात, काँधमा काँध मिलाउन तयार रहन्छौं । तर पनि केही दृष्टान्तलाई आधार बनाई समाजले निर्माण व्यवसायीको काम प्रति तित्तता बनाईदिने काम स्वयम् सरकारले गर्दै आईरहेको छ ।
परिमार्जन भईरहने नीति बाधक छ निर्माण व्यवसायीका लागि । दक्ष जनशक्ति उत्पादन गर्न नसक्नु हाम्रो मुलुकको बिडम्बना त छँदै छ तथापि, यही भईरहेको अर्ध दक्षजनशक्तिलाई पनि सहि परिचालन मूलक काममा लगाउन नसकि रहेको वर्तमान स्थिती छ ।
मेरो आशय के हो भने, नेपाल निर्माण व्यवसायी संघ कास्कीको १४ औं जिल्ला अधिवेशन हुन गईरहेको छ ।
हामी नयाँ नेतृत्व चयनको संघारमा छौं । अब बन्ने नेतृत्वले समग्र कास्कीमा कार्यरत निर्माण व्यवसायीहरुको साझा हितलाई ध्यान दिई काम गर्ने छ भन्ने विश्वास दिलाउन जरुरी छ ।
राज्यले सदैव निर्माण व्यवसायीलाई हेर्ने नजरिया परिवर्तन गर्न नयाँ नेतृत्वले साथ दिनेछ भन्ने विश्वास दिलाउन चाहन्छु आम मतादातालाई । र म आफू पनि वाम गठबन्धनको तर्फबाट यही भदौ २२ र २३ गते हुने संघको अधिवेशनको लागि आनन्द बरालको अध्यक्षतामा सदस्य पक्षको उम्मेद्वारी घोषणा गरेको छु ।
अबको नेतृत्वले निर्माण व्यवसायीलाई नियमन गर्ने र राज्यबाट भईरहेका कार्यशैली सम्पादनमा समेत विशेष खबरदारी गर्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु । र मतादाता निर्माण व्यवसायीको अमूल्य मतको सहयोग सहित धन्यवाद ज्ञापन गर्दछु ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.