पोखरा ।
विबाहको रौनक छ पुजारी पुजा पाठ गरीरहेका छन आफन्त पाउनाहरु हेरीरहेका छन बेहुला आउनु अगाबै मण्डवमा बेहुली आचललाई पुजाको लागी आमा लिन जान्छिन तर आचल हुदिनन, उनी आफना प्रेमि संग भागि सकेको हुन्छिन , यो गायिका माया पुन को गीत सालको पातको म्युजिक भिडीयो कथा हो ।
माया पोखरालाई कर्म थलो बनाएर संगीत कर्ममा सक्रीय छिन । माया पुनको यस अघि अरुको दुखमा , आज तिमीलाई,पोखरेली सोल्टीनी ,झयाउकीरी लगाएत थुप्रै अडियो भिडीयो सार्वजनिक भइसकेका छन् । अहिले गायीका माया पुनले सालको पात बोलको भिडीयो सहितको गित बजारमा ल्याएकी छन् ।
आफनै शब्द संगीतमा रहेको गीतमा रीकेश गुरुङको एरेन्जमेन्ट रहेको छ भने स्वर माया पुनकै रहेको छ । अरु गीत जस्तै यो गीत पनि दर्शक श्रोता माझ लोक प्रिय बन्ने मा गायीका पुन आशाबादी छिन ।
नायिका आचल शर्मा र मोडल अनिल अधिकारी को अभिनय रहेको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन भने सरोज अधिकारीको छांयाङकन रहेको उक्त भिडियो लाई पदम तिमल्सीना ले सम्पादन गरेका हुन् ।
उक्त भिडीयो माया पुन नामक आफनै अफिसीयल युटुब च्यानल मार्फत सार्बजनिक भएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.