www.tandavnews.com
Fact ~ In search of truth

भ्रष्टाचार विरुद्ध १०० कडा १०

 

पोखरा / ताण्डव न्यूज ।

मनोज गजुरेलको मुख्य अभिनय रहेको फिल्म ‘१०० कडा १०’ माघ १८ देखि नेपालभर प्रर्दशनमा आउने भएको छ । फिल्मको रिलिज डेट नजिकिँदै गर्दा टोलीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

Batas

‘१०० कडा १०’ भष्ट्रचार बिरुद्ध एक किसिमको अभियानमा निर्माण भएको फिल्म रहेको निर्देशक रामशरण पाठकले बताए ।‘देशमा घटिरहेको समस्यालाई फिल्म मार्फत प्रस्तुत गरेका छौ,’ उनले भने, ‘देशमा विभिन्न परिवर्तनहरु भएपनि भ्रष्टाचारमा सकारात्मक परिवर्तन नभएकाले त्यसै विषयसंग सम्बन्धित फिल्म हामीले ल्याएका हौ ।’

फिल्मले मनोरञ्जनात्मक संगै समाजमा सन्देश जाने खालको कथा बोकेको छ । फिल्ममा भ्रष्टाचारलाई माया प्रेमले कसरी ठिक पार्ने सक्छ भन्ने कुरालाई पनि जोडिएको उनले जानकारी दिए ।यस्तै महिला अभियान्ता एंव निर्माता रज्जु प्रधानले नैतिक शिक्षालाई जोड दिने संगै हाम्रो समाजका अनेकौ पिडाहरुलाई फिल्ममा उठान गरीएको उनले जानकारी दिइन् ।

१ करोड ६० लाखमा निर्माण भएको फिल्ममा हास्य कलाकार राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुङगाना, करुना श्रेष्ठ, उत्सव न्यौपाने, सानिया राई, अमृत पोख्ररेल लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.