पोखरा ,
ताण्डव न्यूज ।
पोखरा महानगरपालिका–२५ हेम्जा स्थित मिलनचोकमा अस्थायी प्रहरी बिट उद्घाटन तथा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र हेम्जाकी अध्यक्ष बिष्णु बास्तोलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले हालै स्थापना भएको प्रहरी बिटको रिवन काटि उद्घाटन गरेका थिए।
प्रहरी कामकारबाहिका विषयमा नागरिक सुनुवाई समेत गरिएको उक्त कार्यक्रममा हालै सरुवा भई आएका वडा प्रहरी कार्यालय बगरका प्रहरी प्रमुख प्रहरी निरिक्षक दिपक थापा र कास्की जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक मुरारी मिश्रलाई स्वागत समेत गरिएको थियो ।
प्रहरी सेवा प्रवाह,अपराध अनुसन्धान, ट्राफिक व्यबस्थापन लगायतका विषयमा आम सर्वसाधारणले राखेका जिज्ञासा माथि प्रकाश पार्दै कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरिक्षक ओमबहादुर रानाले पछिल्लो समय कास्की प्रहरी अपराध अनुसन्धान तथा नियन्त्रणका कार्यमा सफल भएको बताउदै आगामि दिनमा आम नागरिकको सहयोगबाट नै प्रहरी कार्यसम्पादन अझ प्रभावकारी हुने बताए ।
जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिका २५ हेम्जाको संयुक्त पहलमा स्थापना भएको उक्त प्रहरी बिट उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिका २५ का वडा अध्यक्ष शोभाखर तिमल्सिना,सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष सोमनाथ बास्तोला लगायत अन्य सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा प्रतिनिधिहरु आमा समुह, सामाजिक अभीयान्ता, जनप्रतिनिधिहरु, विभिन्न प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु स्थानिय आम–सर्बसाधारणको उल्ख्य उपस्थिति रहेको थियो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.