www.tandavnews.com
Fact ~ In search of truth

‘पाँच वर्षपछि कुनै नेपाली युवा काम खोज्दै विदेश जानु पर्दैन’: मन्त्री विष्ट

 

 

विनिता सुनार ,
पोखरा / ताण्डव न्यूज ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बैदेशिक रोजगार विभागले पोखराबाट बिहिबार (आज) देखि पुनः श्रम स्वीकृतिको काम सुरु गरेको छ ।

Batas

नेपाल सरकारले हरेक प्रदेशमा श्रम तथा रोजगार विभागको प्रदेश कार्यालय स्थापना गरी श्रम स्वीकृति दिने भएपछि पोखरामा पनि कार्यालय स्थापना गरी सेवा प्रदान सुरु गरिएको हो । उक्त कार्यालयको बिहिबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गरे ।उक्त कार्यालयको स्थापनासँगै औपचारिक रुपमा सेवा मन्त्री विष्टले प्रदेश कार्यालयमा भएको पुनः स्वीकृतिको राहदानी हस्तान्तरण गरि गरेका हुन् ।

बिहिबारबाट सुरु भएको श्रम स्वीकृतिको कार्यक्रममा बोल्दै मन्त्री गोकर्ण विष्टले पाँच बर्षपछि कुनै नेपाली युवा बाध्यताले बैदेशिक रोजगारमा जानु नपर्ने बताए । काम गर्ने सक्ने युवाशक्तिहरुलाई देशभित्र नै सम्मान जनक जीवन बिताउन पाउने गरि रोजगारी सिर्जना गर्न लागेको मन्त्री विष्टले बताए ।

आउँदो ५ बर्ष भित्र बाध्यताले वैदेशिक रोजगार जाने अवस्थालाई अन्त्य गर्ने रोजगारीको अवसर देशभित्र नै गर्ने दाबी गरे । देशभित्र कामको सम्मान नभएकाले युवाहरु विदेशीन बाध्य भएका मन्त्री विष्टको भनाई छ ।‘रोजगार प्रति सम्मान जाग्न सकेको छैन,’ मन्त्री विष्टले भने, ‘कामप्रति सम्मान नजागेको कारणले देशभित्र काम गर्ने मनोवृत्ति बढ्न सकेको छैन, उनले भने, ‘काम गर्ने व्यक्तिहरुको जीवन परिवर्तनमा लामो समय लाग्नेछ ।

काम नगर्ने, पसिना नबगाउने व्यक्तिहरु मेहनत नगर्ने व्यत्तिहरु रातारात धनि बन्ने र उनीहरुले मान सम्मान प्राप्त गर्ने प्रविधि नै काम प्रतिको अपमान हो । त्यसकारण हामिले देशलाई नयाँ ढंगले बदल्न जरुरी छ । काम जीवन हो , कामले सानो भइँदैन भन्ने भावना देशमा जगाउन जरुरी छ ।’उनले देशभित्रै पनि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत लाखौँ युवाहरुलाई यस बर्ष रोजगारी दने अभियान घोषणाको तयारी सरकारले गरेको बताए ।

७५३ स्थानीय तहमा रोजगार सेवा

मन्त्री बस्नेतले देशका सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्न लागिएको बताए । ‘बैदेशिक रोजगारको बारेमा काठमाण्डौ पुग्न नपरोस भनि सरकारले ७५३ वटा स्थानिय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरेको छ,’ उनले भने, ‘रोजगारको सिर्जना प्राप्त गर्ने सर्दन्भमा काठमाण्डौ नै जानु पर्दैन ।

३÷४ दिन भित्र नै सेवा अधिकृतको लागि विज्ञापन नै खुलाउनेगरि काम भइरहेको छ । अब काठमाण्डौ पुगेर मात्रै सूचना प्राप्त गर्नुपर्ने यूगको अन्त्य हुनेछ । स्थानीय तहबाट बैदेशिक रोजगारमा जाने युवाहरुलाई कुन म्यानपवार छनोट गर्ने र कस्तो किसिमको रोजगार सुविधा रहेको छ भन्ने यावत् सुचना केन्द्रबाट प्राप्त गर्न सकिनेछ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.