www.tandavnews.com
Fact ~ In search of truth

गरिमाको नाफा ४४ करोड

 

पोखरा ।

गरिमा विकास बैंकले काठमाण्डौँको नयाँ बानेश्वरमा नयाँ शाखा विस्तार गरेको छ । नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा रहेको उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरे ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर,कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने तयारी रहेको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

विकास बैंकले आर्थिक बर्ष २०७५÷७६ को दोश्रो त्रैमासको अन्त्य सम्ममा २६ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । साथै विकास बैंकले गत बर्षको तुलनामा ५४.८१ प्रतिशतले नाफा बृद्धि गरी ४३ करोड ९३ लाख रुपैयाँ सञ्चालन मूनाफा आर्जन गर्न सफल भएको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.