www.tandavnews.com
Fact ~ In search of truth

मनाङ : पर्यटक र प्रदर्शकको हिउँपहिरोमा निधन

मनाङ ।

यही फागुन ९ गतेदेखि सम्पर्कविहीन एक विदेशीसहित एक नेपाली पथप्रदर्शकको हिउँपहिरोमा परी निधन भएको छ ।

अन्नपूर्ण पदमार्गमा आएका हल्याण्डका नागरिक डोलोमा डेसीलेन्ट र उनका पथप्रदर्शक अजय ढकालको मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गत पर्ने ढिकुरपोखरी नजिकको क्याङली भीरमा आएको हिमपहिरोमा परी मृत्यु भएको हो ।

Batas

थोरङपासका लागि माथिल्लो भेग गुम्छाङ हुँदै लेदरसम्म पुगेर फर्कने क्रममा ढिकुरपोखरी नजिकको क्याङली भीरमा आएको हिउँपहिरोमा परी निधन भएका दुबैको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक सर्वेन्द्रकुमार विकले बताए ।

शव परीक्षणका लागि आजै हेलिकप्टरबाट शव काठमाडौंँमा लैजाने तयारी भएको प्रहरी निरीक्षक सर्वेन्द्रकुमार विकले जानकारी दिए ।(रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.