पोखरा
ताण्डव न्यूज ।
नेपाली बजारमा भित्रिएको ड्याट्सन कारले छोटो समयमै निकै राम्रो व्यापार गरिरहेको छ । नेपालका लागि ड्याट्सन ब्राण्ड गाडीको गण्डकी धौलागिरी क्षेत्रको बिक्रेताका थ्रिएस ट्रेड हाउस रहेको छ । ‘ड्याट्सन गो’ कारको नयाँ भर्सन अर्थात ‘अल न्यु ड्याट्सन गो’ आइतबारदेखि पोखरा लगायत देशभर बिक्री वितरण सुरु भएको थियो ।
बजारमा ड्याट्सन गो गाडीको नयाँ खरिद मूल्य पनि सार्वजनिक भएको छ । २४ लाख ९९ हजार रुपैयाँबाट २६ लाख ९९ हजार रुपैयाँसम्ममा विभिन्न ३ मोडलमा गाडीहरु बिक्री भइरहेको निर्देशक गोपाल बरालले जानकारी दिए । ।
GO A (0), GO T र GO O उपलब्ध रहेका छन् । साथै मध्यम वर्गलाई लक्षित गरी तयार पारिएका यी गाडीहरु नेपालको भौगोलिक वनावटमा सुहाउने खालका छन् । कारले जापानीज प्रविधियुक्त इन्जिन, इन्जिन किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको छ ।
गाडीमा Ride Control Advanced Suspension System tyf 1.2 C HR 12 DF पेट्रोल इन्जिन रहेको छ । जसले प्रतिलिटर १९.८६ किलोमिटर माइलेज प्रदान गर्दछ । बाहिर हेर्दा स्पोर्टी तथा भित्र बस्नका लागि धेरै स्पेस भएको ड्याट्सन कारले कारधनीलाई अतिरिक्त सुरक्षा, बेस्टइन क्लास स्पेस तथा गतिशीलता प्रदान गर्छ ।
नयाँ ड्याट्सन गोमा २८ विभिन्न विशेषता तथा १०० प्लस अपडेट रहेका छन् । फस्टइन सेगमेन्टमा एन्ड्रोइड अटोप्ले र एप्पलकार प्लेको साथ ७ इन्चको टच अडियो, १४ इन्चको डाइमन्ड कट अल्लोइ ह्विल, डुअल एयरब्याग,ABS तथा EBD पार्किङ सेन्सर, १८० MM को ग्राउण्ड क्लियरेन्स, २४५०MM को ह्विलबेस, २६५ लिटरको बुथस्पेस, ४.६ MM को टर्निङ रेडियस, १.२ लिटरको ३ सिलिण्डर पेट्रोल इन्जिन छ, जसको ६८ एचपी पावर र १०४ एनएम टर्क जेनेट गर्छ ।
कारको बिक्री सुरुवातको अवसरमा गाडी खरिद गर्दा एक लाख रुपैयाँदेखि एक लाख २५ हजार रुपैयाँसम्म नगद छुटको व्यवस्था गरेको छ । यो विशेष छुट सीमित अवधिका लागि मात्र लागु हुनेछ । उक्त गाडीको विक्रिको सुरुवात गर्ने औपचारिक कार्यक्रममा प्रमुख अतिथि रहेका उद्योग वाणिज्य संघ पोखराका महासचिब अर्जुन पोखरेलले ब्यवसायिक सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.