www.tandavnews.com
Fact ~ In search of truth

कास्कीकोट दरवार पुनः निमार्ण सुरु

पोखरा ।

 

पोखरा महानगरपालीका २४,कास्कीकोटमा रहेको तत्कालीन कास्की राज्यको दरवार तथा गुप्तकाली मन्दीर पुनः निमार्ण कार्य सुरु भएको छ । २०७२ साल वैशाख १२ गते मन्दीरमा भुकम्पले क्षती पुगेकोल थियो ।

कास्की दरवार पुरात्तत्व विभागको करीव २ करोड ६५ लाखमा दरवार र मन्दीरको पुनः निमार्ण गर्न लागेको विभागका इनजीनीयर नविन पाण्डेले जानकारी दिएका छन् । दरवारको पुनःनिमार्णमा चुना,सुर्कीको प्रयोग गरी निमार्ण कार्य भैरहको छ ।

Batas

अहिले दरवार शिखरी र पेगौडा शैलीमा निमार्ण कार्य भैरहेको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितीका अध्यक्षय दिलिप विक्रम शाहीले वताए । अहिले मन्दीर भत्काउने काम भैरहेको
गुप्तकालीका मन्दीरमा दशैमा हुने नवदुर्गा पुजा भने निरन्तर रुपमा अगाडी वढाइने गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितीका सचिव ठाकुर प्रसाद त्रिपाठीले वताएका छन् ।

उनले भने – परापुर्वकाल देखिनै चल्दै आएको गुप्तकालीकाको पुजा तान्त्रीक एवम् वैदिक तरीका वाट यहाँ हुदै आइरहेको छ , नव दुर्गामा द सत्रौ शताव्दीका हात हतियारहरुको समेत प्रर्दशनी र फुलपातीको दिनमा पोखराको रामघाट वाट ल्याइने फुलपत्र सहितको डोली मन्दीरमा प्रवेश गराइने छ ” । कास्कीकोट गुप्तकालीका मन्दीरमा वर्षेनी हजारौ दर्शानार्थीहरुको भिड लाग्ने गर्दछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.