www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय सङ्गीतकर्मी संघ कास्कीमा आयुशजङ्ग कार्की

पोखरा

राष्ट्रिय सङ्गीतकर्मी संघ कास्की जिल्ला समितिको प्रारम्भिक साधारणसभाले आयुशजङ्ग कार्कीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष बराल, महिला उपाध्यक्षमा सुष्मा विसी, महासचिवमा ऋषिराम दाहाल, सचिवमा कपिल श्रेष्ठ, कोषाध्यक्षमा विष्णु बराल, सदस्यमा समीर रामदास, रेजिना विसी, पवित्रा परियार, सपना सुनार र दीपेन्द्र परियार चयन भएका छन् ।

साधारणसभामा राष्ट्रिय सङ्गीतकर्मी संघका केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्कीले २०६१ सालमा स्थापना भएको सङ्घको ४८ जिल्ला र विदेशमा पाँच संघ स्थापना गरिएको जानकारी दिए ।

सङ्गीत विकास बोर्ड गठन गरिनुपर्ने र सबै क्षेत्रका कलाकारले योगदानको आधारमा रोयल्टी वितरण गर्नुपर्ने भन्दै उनले कलाकारलाई कसैका गहनाका रुपमा नभई राज्यको अभिन्न अङ्गको रूपमा लिनुपर्ने उल्लेख गरे ।

संघका पूर्व केन्द्रीय सहसचिव लोकनाथ सापकोटाले कलाकारलाई प्रयोग मात्रै गर्ने नभई उनीहरुको भविष्य सुनिश्चितता गर्नुपर्ने धारणा राखे । कार्यक्रममा दरबारथोक एड्भरटाइजिङ एजेन्सीका सञ्चालक पत्रकार कृष्ण रानाभाट, लोक तथा दोहोरी गायक कृष्णप्रसाद गौतमलगायतले संघले सबैलाई समेटेर लैजानुपर्ने बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.