www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा सिंकुस नामक किराको टोकाईबाट ६ घाईते

पोखरा,
ताण्डव न्यूज ।

गोरखामा किराले टोक्दा ६ जना घाईते भएका छन् ।

गोरखा जिल्ला पालुङटार नगरपालिका वडा नम्बर ४ अल्लका चिलाउने बस्ने मानिसहरुलाई जंगलमा रहेको गोठ जाने क्रममा अरिगांल जस्तै देखिने सिंकुस नामक किराले टोक्दा उनीहरु घाईते भएको इलाका प्रहरी कार्यालय ठाटीपोखरी गोरखाले जानकारी दिएको छ ।

Batas

घाईते हुनेहरुमा गोरखा पालुङटार नगरपालिका वडा नम्बर ४ का ७३ वर्षीय सन्त बहादुर भट्ट ,सोही स्थानका ४१ वर्षीया निर्मला वि.क, सोही ठाउँका ५८ वर्षीया फुलमायाँ गुरुङ,सोही ठाउँका ७४ वर्षीय हिमकान्त रानाभाट, ५५ वर्षीय दिपक अधिकारी र १८ वर्षीय शुसील गुरुङ रहेका छन । उनीहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

किराले टोकि घाईते भएकाहरुको प्रहरी नायब निरीक्षक हरिबहादुर थापाको कमाण्डमा खटिएको ४ जनाको टोलीले उद्धार गरि उपचारका लागि अस्पताल पुर्याएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.