पोखरा,
ताण्डव न्यूज ।
कास्की २ मा हुने उपनिर्वाचनको लागि सबै तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
देशभर हुने उपनिर्वाचनमा प्रतिनिधी सभा सदस्यको लागि निर्वाचन हुने क्षेत्र कास्की २ मात्रै हो । यहाँ ३२ मतदान स्थलको ८२ केन्द्रमा छन् । यि मध्ये १६ वटा मतदान स्थललाई सुरक्षाको हिसाबले संवेदनशील स्थलको रुपमा वर्गिकरण गरिएको प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए ।
‘सबै क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ,’ उनले भने, ‘यहाँका ३२ मतदान स्थल मध्ये आधा स्थललाई चाहिँ हामीले सुरक्षाको हिसाबले संवेदनशील भनेर वर्गिकरण गरेका छौँ । अति एक तिहाई स्थलहरु अति संवेदनशिल पनि छन् ।’ मतदान स्थललाई जिल्ला सुरक्षा समितिले संवेदनशील, अति संवेदनशील, र कम संवेदनशिल भनेर विभाजन गरेको छ ।
मतदान स्थलको सुरक्षाको लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेना तैनाथ हुने प्रजिअ केसीले जानकारी दिए । हरेक मतदान स्थलमा १५ देखि २० प्रहरी, २२ जना शसस्त्र र आवश्यक अनुसार नेपाली सेनालाई खटाइनेछ ।
कास्कीमा उपनिर्वाचनको लागि करिब ८०० कर्मचारी खटिएका छन् । मतदान केन्द्रमा आवश्यक सबै सामाग्रीहरु पुगिसकेको निर्वाचन कार्यालय जनाएको छ । कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.