www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन प्रर्बद्धन गर्न रुपा गाउँपालिकामा ‘फोनिज’ को अन्तरक्रिया

सुशान्त गाहा मगर
ताण्डव न्यूज/पोखरा ।

पर्यटन प्रर्बद्धन गर्ने उद्देश्य सहित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) गण्डकी प्रदेश समितिले कास्कीको रुपा गाँउपालिका ६ भिरचोकमा अन्तरक्रिया सहित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

समितिको दोश्रो पुर्ण बैठकको अवसरमा गाउँपालिका र प्रदेश सरकारको सहयोगमा गत ३ र ४ गते ‘रुपा गाँउपालिकाको पर्यटन प्रवद्र्धनमा सञ्चार माध्यमको भुमिका विषयक अन्तरक्रिया’ सहित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

Batas

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले पर्यटनको नयां गन्तव्यको रुपमा विकास भएको सो गाँउपालिकाको पर्यटन क्षेत्रमा सम्भावना रहेको बताए । उनले सिङ्गो गाँउपालिका पर्यटन विकासको लागि जुटिरहदा प्रदेश सरकारको साथ रहनेमा विश्वास व्यक्त गरे । ‘गण्डकी प्रदेशलाई समृद्ध बनाउने विषय भनेकै पर्यटन हो, त्यसैले प्रदेश सरकार अलि बढि पर्यटन क्षेत्रमा चाँसो राख्दै आएको छ, उनले भने, ‘सोही अनुरुप काम पनि भै नै रहेका छन् ।’

मन्त्री चुमानले पर्यटन विकासका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भुमिका रहने बताउदै फोनिजको सो कार्यक्रमले पर्यटन प्रर्बद्धनमा थप टेवा पुग्ने धारणा राखे ।

मुलुकसँगै प्रदेश र गाँउ गाँउको विकासका लागि पर्यटन क्षेत्र अत्यन्तै महत्वपुर्ण भएकाले पर्यटक लक्षित पूर्वाधार तथा कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिए । त्यस्तै गापालिकाका प्रमुख नवराज ओझाले गाँउपालिका अत्यन्तै संभावना भएको पर्यटन विकासका लागि पहल भईरहेको उल्लेख गरे । उनले प्राकृतिक र सँस्कृतिले सम्पन्न रहेको बताउदै भने, ‘पर्यटकलाई आकर्षण गर्ने क्षेत्रहरु धेरै छ, त्यसलाई व्यवस्थित गरी व्यवसायिकतामा रुपान्तरण गर्न लागिपरेका छौ, तपाईहरुको पनि उत्तिकै साथ चाहिन्छ ।’

उनलले निर्वाचनको समयमा गरेको २ प्रतिवद्धता शत प्रतिशत पूरा गरेको बताउदै अन्य उल्लेख्य कार्यहरु भैरहेको बताए । उनले निर्वाचित भएपछि कृषि उत्पादनमा बृद्धि, युवा स्वरोजगार, व्यवसायीकरण, पुर्वाधार विकास, पर्यटन, कृषि, उद्यमशीलता, बाटोको स्तरोन्नति, सँस्कृति संरक्षणमा दिगो विकासमा आधारित भए कार्य गर्दै आएको बताए ।

त्यस्तै पर्यटन भ्रमण वर्षका संयोजक जुद्धबहादुर गुरुङले मुलुकको विकासको संभावना पर्यटन प्रवद्र्धनबाटै भएकाले नेपालको सवै तहको सरकारले पर्यटन वर्ष समेत घोषणा गरी प्रचार प्रसार र कार्यक्रमहरु गरिरहेको बताए । रुपमा गाउँपालिकाले हरेक महिना पर्यटकिय गतिविधि बढाउनाका लागि रचनात्मक कार्यक्रम गरेको बताउदै यसअघि बंगलादेशको राष्ट्रपति समेतलाई भित्राउने कार्य प्रशंसनीय रहेको उल्लेख गरेका थिए ।

जिल्ला प्रहरी कास्कीका प्रमुख प्रहरी उपरिक्षक दानबहादुर कार्कीले पर्यटन प्रवद्र्धनका लागि दिगो विकास, पर्यावरणीय सन्तुलन, प्रकृतिको सुन्दरता, सँस्कृतिको संरक्षण र सुरक्षाको प्रत्याभुति हुनुपर्ने बताउदै सो विषयमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । उनले पर्यटकलाई नयाँ स्वाद, गन्तव्य जरुरी रहेको उल्लेख गर्दै मौलिक पहिचानलाई मुख्य आकर्षण हुन सक्ने बताए । ‘विदेशीले उताको प्रविधी यहाँ हेर्न आउने होईन, उताको परिकार खान आउने होईन, उनले भने, ‘त्यसैले यहाँको मौलिक कुराहरु हेर्न र रम्न आउँछन सरोकारवालाले त्यस्तो कुरामा ध्यान दिनुपर्छ ।’

स्थानिय बासिन्दाको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा फोनिज गण्डकी इञ्चार्ज हुमबहादुर गुरुङले कार्यक्रमको औचित्यबारे धारणा राखेका थिए ।रुपा गाँउपालिका ६ का वडा अध्यक्ष नारायण गुरुङले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रम फोनिज गण्डकीका अध्यक्ष एम बी आस्थाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.