www.tandavnews.com
Fact ~ In search of truth

‘स्वास्थ्य निर्देशक शर्माको लापरवाही’कै कारण मनाङमा स्वास्थ्य सेवा ठप्प

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

स्वास्थ्य निर्देशनायलका गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माको लापरवाहीको कारण मनाङमा स्वास्थ्य सेवा ठप्प भएको छ । एक मात्रै डाक्टरले सेवा दिदै आइरहेको जिल्ला अस्पताल मनाङमा तिनै डाक्टर कोरोना भाइरस संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेपछि स्वास्थ्य सेवा ठप्प भएको हो ।

अहिले मनाङ जिल्ला अस्पताल शिल गरिएको छ । एक जना डाक्टर भएको परिणाम देखिएको अस्पतालका प्रमुख रहमत अन्सारीले ताण्डव न्यूजलाई बताए । ‘हामीले ७ दिनको लागि अस्पताल शिल गरेका छौ, यदी मनाङ अस्पलातमा दुई जना भन्दा धेरै डाक्टर हुन्थे भने शिल गर्नु पर्ने स्थिती हुदैन्थ्यो,’ अन्सारीले भने, ‘दुई जना मात्र डाक्टर भएको भए हामीले जिम्मेवारी वाडेर काम गथ्र्यौ । एक जना कन्टे«क टे«सिङमा परे अर्कोले अस्पताल धान्ने काम गथ्र्यो । अहिले मनाङमा ४ जनालाई कोरोना देखिएको छ । ’

Batas

जनशक्तिको अभाव भएको हुनले यस्तो परिस्थिती आएको अन्सारीको भनाई छ । ‘यहाँ रहेको दुई जना डाक्टर मध्ये डा प्रविन घिमिरेलाई निर्देशक डा. विनोदविन्दु शर्माले सरुवा गरेर पोखरा लगे, अहिले डा. घिमिरे भएको भए यो अवस्था आउने थिएन्,’ उनले भने, ‘ जनशक्तिको अभाव छ भन्ने कुरा डा. शर्मा जानकार हुदा समेत वास्ता छैन । अब अस्पतालनै एक हप्ताको लागि बन्द गर्नुपर्ने भयो ।’

स्वास्थ्य निर्देशक शर्माले मनाङ अस्पताललाई वेवास्ता गरेको कारण अहिले समस्या देखा परेको एक स्वास्थ्यकर्मीले नाम नबताउने शर्तमा बताए । ‘शर्माले जहाँ जनशक्ति कम छ त्यहाँ भएका डाक्टर तान्ने हो कि थप्ने हो ?,’ उनले प्रश्न गरे, ‘कोरोनाको वेलामा गफ मात्र दिदै बस्ने हो की जनशक्ती र आवश्यक सामाग्री तयार पारेर जिल्ला जिल्ला पठाउने हो ?’

हाल जिल्ला अस्पतालमा सबै गरी ४ जना कर्मचारी रहेको प्रमुख अन्सारीले बताए । प्रमुख अन्सारी, डाक्टर सन्तोष अधिकारी, नर्स विना पौडेल र ल्याबमा करार कर्मचारी प्रकाश रोक्का छन् ।

मनाङ अस्पताल शिल भए नभएको अहिले आफुलाई जानकारी नभएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोदविन्दु शर्माले बताए । ‘हिजोसम्म शिल गर्ने भन्ने कुरा आएको थिएन्, ओपिडि सेवा वन्द गरेर इमर्जेन्सी सेवा चलाउने भन्ने थियो, नयाँ अपडेट लिन पाएको छैन् ।’

सम्बन्धीत न्यूज

मनाङमा एक जना मात्र डाक्टर कहिलेसम्म ? भेन्टिलेटर पुग्यो, जनशक्ति खै ?

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.