www.tandavnews.com
Fact ~ In search of truth

जनगणना २०७८ का लागि प्रश्नावली प्रकाशन

काठमाडौं ।

राष्ट्रिय जनगणना २०७८ मा प्रत्येक व्यक्ति तथा घरपरिवारबाट विवरण संकलन गर्न प्रयोग गरिने घर तथा घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सर्वसाधारण तथा सरोकारवाला सबैको जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत साउन २६ गते स्वीकृत गरेको सो प्रश्नावली आज सर्वसाधारण तथा सरोकारवालाको जानकारीका लागि प्रकाशन गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

Batas

यसअघि राष्ट्रिय जनगणना निर्देशक समितिले प्रत्येक वडा कार्यालयबाट संकलन गरिने विवरणको लागि सामुदायिक प्रश्नावली गत असार ४ गते स्वीकृत गरिसकेको जनाएको छ । पहिलो प्रश्नावली सुरपरीक्षेकद्वारा घर तथा घरपरिवार सूचीकरणमार्फत प्रत्येक घर तथा घरपरिवारमा पुगी घरको सम्पूर्ण विवरण सङ्कलन गरिनेछ भने दोस्रो प्रश्नावली गणकहरुद्वारा प्रत्येक घरपरिवारमा पुगी मुख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण र व्यक्तिगत विवरणहरु संकलन गरिनेछ ।

घर तथा घरपरिवार सूचीकरण २०७८ वैशाख २६ देखि जेठ १४ गतेसम्म र मुख्य प्रश्नावली २०७८ जेठ २५ देखि असार ८ गतेसम्म भरिनेछ । तेस्रो प्रश्नावली सुरपरीवेक्षकबाट प्रत्येक स्थानीय तहका सबै वडा कार्यालयबाट सामुदायिक प्रश्नावलीमार्फत वडास्तरको पूर्वाधारसम्बन्धी विवरण संकलन गरिने विभागद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

विभागले प्रश्नावली निर्माण गर्दा यसअघि विभिन्न चरणमा सरोकारवालासँग अन्तरक्रिया तथा छलफल गरेको थियो । यसअघि विभागले नमूना जनगणना २०७७ असार १५ मा सम्पन्न गरी यसका आधारमा केही प्रश्नावलीमा सुधार र परिमार्जन समेत गरेको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.