www.tandavnews.com
Fact ~ In search of truth

चितवन: सरकारी अस्पतालमा चाप बढेपछि नमुना परीक्षण निजीमा पठाइयो

चितवन ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा नमुनाको चाप बढेपछि चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाउन थालिएको छ । अस्पतालले ७ सय ७८ वटा नमुना मेडिकल कलेज पठाएको छ ।

कलेजले आवश्यक कीट उपलव्ध गराएमा १० हजार नमुना निः शुल्क परीक्षण गर्ने जनाएको थियो । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले भरतपुर प्रयो्गशालामा चाप बढ्दै गएर नतिजा आउन ढिलाइ भएपछि मेडिकल कलेज पठाएको जानकारी दिए ।

Batas

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले आवश्यक रिएजेन्ट उपलव्ध गराएमा आफुहरुले १० हजार नमुना परीक्षणमा अन्य शुल्क नलिने बताए । अहिले अस्पतालले रिएजेण्ट उपलव्ध नगराइ पत्र पठाएर परीक्षण गर्न अनुरोध गरे पछि काम थालेको जनाइएको छ ।

मेडिकल कलेजको प्रयोगशाला स्वचालित रहेको छ भने भरतपुर कोभिड प्रयोगशाला म्यानुअयल हो । भरतपुर कोभिड प्रयोगशालाले ६ घण्टामा ९६ वटा नमुना परीक्षण गर्न सक्छ भने मेडिकल कलेजको प्रयोगशालाले त्यति नै समयमा ४ सय वटा नमुना परीक्षण गर्न सक्छ ।

भरतपुर कोभिड १९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले यस अघि प्रयोगशालामा चाप हुँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र त्यस मार्फतका सरकारी प्रयोगशालामा पठाइएकोमा अहिले मेडिकल कलेज पठाईएको जानकारी दिए । पछिल्लो समय जिल्लामा संक्रमणको दर वढे संगै कन्ट्रयाक्ट ट्रेसिङका परीक्षण गर्नुपर्ने वढेको छ ।

भरतपुर कोभिड १९ प्रयोशालाले कोरोना परीक्षणको नतिजा मोवाइलबाटै पठाउने भएको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा .तिवाारीका अनुसार प्रयोगशालामा सफ्टवेयर जडान गरी परीक्षणको काम भइसकेकाले सम्भवतः आजदेखि मोवाइलमानै नतिजा पठाइने छ ।

उनले भने,‘सम्भवत आजदेखि हामी कोरोना परीक्षणको नमुना दिएर नतिजा पर्खिरहेकाहरुलाई म्यासेजमा नतिजा पठाउँने छौ ।’ नमुना दिएकाहरुले म्यासेज खोल्दा नेगेटिभ र पोजेटिभ देखिने छ भने पासओड राखेर डाउनलोड गरेपछि बिस्तृत विबरण हेर्न र प्रिन्टगर्न सकिने जनाइएको छ । हाल अस्पतालले नेगेटिभ आएकको नाम फेसबुक मार्फत सार्वजनिक गर्ने गरेको छ भने पोजेटिभ आएकालाई टेलिफोन गरी जानकारी दिने गरेको छ ।

प्रयोगशाला प्रमुख डा .अधिकारीले नमुना दिने सम्बन्धित व्यक्तिले नमुना दिँदा आफ्नो यथार्थ विवरण, नाम, ठेगना, उमेर र मोवाइल नम्बर दिन अनुरोध गरे । नम्बर प्रष्ट नभएमा नतिजा अन्यत्र जाने भएकाले सबैलाई ध्यान दिन उनले आग्रह गरे । यस प्रयोगशाला गत चैत्र २१ गतेबाट संञ्चालनमा आएको हो । प्रयोगशालामा स्वचालित प्रणालीबाट संञ्चालन गर्न सकिने उपकरण जडानको तयारी भईरहेको छ । प्रयोगशालामा हाल सम्म २१ हजार भन्दा बढी नमुना परीक्षण गरी सकिएको छ । ती मध्ये १६ हजार चितवनको मात्र रहेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.