www.tandavnews.com
Fact ~ In search of truth

भीडभाड हुन नदिन घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जामा आलोपालो प्रणाली

वालिङ ।

कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाले सेवाग्राहीलाई आलोपालो पद्धतिबाट सेवा दिने भएको छ ।

सङ्क्रमणका कारण स्याङ्जा उच्च जोखिममा रहेको अवस्थामा कार्यालयमा सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएकाले पालिका/पालिकालाई बार तोकेर आइतबारदेखि सेवा दिने तयारी भएको कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले बताए । “जिल्लाका एघार वटा पालिकालाई कार्यालय खुल्ने छ दिनमध्ये पाँच दिन दुई/दुई वटा पालिका र एक दिन एउटा पालिकाका सेवाग्राहीलाई सेवा दिन्छौँ”, कार्यालय प्रमुख रेग्मीले भने ।

Batas

कार्यालयमा विगतदेखि रोकी रहेका फर्म दर्ता, फर्म नवीकरण, नामसारी, ठाउँसारी लगायतका कामकाजका लागि सेवाग्राही जिल्ला भरिबाट आउने गरेकाले निश्चित दिनमा निश्चित पालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गर्दा सङ्ख्या सीमित हुने र सङ्क्रमणको जोखिम कम हुने विश्वास कार्यालय प्रमुख रेग्मीको छ ।

कार्यालयले स्वास्थ्य, सावधानी र सुरक्षालाई मध्यनजर गर्दै आइतबारदेखि शुक्रबारसम्म सेवा प्रवाह गर्ने तालिका सार्वजनिक गरेको हो । आइतबार वालिङ नपा र बिरुवा गापा, सोमबार पुतली बजार नपा र फेदीखोला गापा, मङ्गलबार चापाकोट नपा र हरिनास गापा, बुधबार गल्याङ नपा र कालीगण्डकी गापा, बिहीबार भीरकोट नपा र अर्जुनचौपारी गापा, शुक्रबार आँधीखोला गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइने कार्यालय प्रमुख रेग्मीले बताए ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.