पोखरा
ताण्डव न्यूज ।
करिब २ महिनापछि जिल्ला अस्पताल मनाङले थप एक डाक्टर पाएको छ । यसअघि एकमात्र डाक्टरले सिङ्गो जिल्ला हेर्नुपर्ने बाध्यता थियो ।
नयाँ डाक्टर आएपछि अस्पतालमा सेवा दिन सहज भएको अस्पताल प्रमुख रहमद अन्सारीले ताण्डव न्यूजलाई बताए । डा. प्रतिभा गौली ४ दिनअघि मनाङ पुगेकी हुन् । थप एक डाक्टर पाएको अस्पतालले भेन्टिलेटर सञ्चालनमा ल्याउने जनशक्ति भने अझै पाएको छैन । अस्पताल प्रशासनले भेन्टिलेटर सञ्चालन गर्नकालागि विशेषज्ञ डाक्टर नै आवश्यक पर्ने बताएको छ ।
पटकपटक स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई जानकारी गराउँदा समेत अझैसम्म भेन्टिलेटर सञ्चालनका निम्ती जनशक्ति नपाउनु मनाङकालागि दुर्भाग्य रहेको अस्पताल प्रमुख अन्सारीले बताए ।
सम्बन्धीत न्यूज
मनाङमा एक जना मात्र डाक्टर कहिलेसम्म ? भेन्टिलेटर पुग्यो, जनशक्ति खै ?
‘स्वास्थ्य निर्देशक शर्माको लापरवाही’कै कारण मनाङमा स्वास्थ्य सेवा ठप्प
डा. शर्माले काम नगरेकै हुन् : सांसद गुरुङ
‘सरकारले नपठाए, डाक्टर र नर्स म पठाउँछु’
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.