www.tandavnews.com
Fact ~ In search of truth

चितवन र बुटवल ‘ट्रान्जिट’ बनाएर पोखरा भित्रिन्छ ‘इलिगल ड्रग्स’

तिन महिनामा ४६ जना पक्राउ, २३ किलो गाँजा बरामत

अर्जुन गाहा
ताण्डव न्यूज, पोखरा ।

लागुऔषध (नियन्त्रण) ऐन, २०३३ ले लागुऔषध सम्बन्धि विभिन्न कसुरजन्य कार्यहरु गर्ने व्यक्तिलाई सजायको व्यवस्था गरेको छ । यि व्यवस्थालाई वास्ता नगरी केही युवा जमात लुकिछिपि सेवनसँगै ओसारपोसार र बेचबिखनमा लिप्त छन् ।

स्वास्थ्यको लागि हानिकारक मानिने लागुऔषध (गाँजा, चरेस, डाईजापान, फेनेरागन, बुर्फिनर्फिन, नाईट्रोभ्याट, ब्राउन सुगर, लगायत) कारोबारी र सेवन गर्नुलाई गैरकानुनी मानिन्छ ।

Batas

गण्डकी प्रदेशको राजधानी पोखरामा विशेषगरी चितवनबाट तनहुँ र बुटवलबाट स्याङ्जा हुदै भित्रिने गरेको जिल्ला प्रहरी कास्कीको तथ्याङ्कमा उल्लेख छ । ‘लागुऔषध सेवन, ओसारपोसार तथा बेचबिखनमा अलि बढि १६ देखी ३० वर्ष उमेर समुहका छन्, कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक सुवास हमालले ताण्डव न्यूजसँग भने, ‘प्राय चितवन र बुटवलबाट कास्की भित्रिने गरेको पाईएको छ ।’

डिएसपी हमालले झोला, मोटरसाईकल, स्कुटरको प्रयोग गरी लुकाईछिपाई कास्की ल्याईने गरेको जानकारी दिए । उनका अनुसार लागुऔषध मुद्धामा पक्राउ परेकाहरु प्राय प्रयोगकर्ता र ओसारपोसार तथा बेचबिखन कार्यमा संलग्न रहेका छन् ।

डिएसपी हमालले गत असारमा ८ वटा मुद्धा दर्ता भएको बताउदै २ महिला र १५ पुरुष गरी १७ जना पक्राउ परेको बताए । हमालका अनुसार उनीहरुको साथबाट बु्रर्फिनर्फिन ३२, डाईजापाम २८, फेनेरागन २८ एम्पुल , चरेस ३४ ग्राम र गाँजा ६ किलो ७ सय ६९ ग्राम बरामत गरेको उल्लेख गरे । त्यस्तै साउन महिनामा ९ वटा मुद्धामा १३ जना पुरुष पक्राउ परेको कास्की प्रहरीको तथ्याङ्कमा उल्लेख छ । उक्त व्यक्तिहरुको साथबाट नाईट्रोभ्याट ९ सय ७४, बु्रफिनर्फिन २६, डाईजापाम २६, फेनेरागन २६ एम्पुल र गाँजा ४ किलो ८ सय ५ ग्राम बरामत गरिएको डिएसपी हमालले बताए । उनका अनुसार भदौमा ८ मुद्धामा १ महिला सहित १६ जना पक्राउ परेका थिए । उनीहरुको साथबाट ट्रामाडोल ३ सय क्याप्सुल, गाँजा १२ किलो २ सय ३० ग्राम र १ सय ग्राम चरेश बरामत गरिएको प्रवक्ता हमालले बताए ।

उक्त तिन महिनामा कास्की प्रहरीले ११ स्थानमा २६.५ क्विन्टल गाँजा फडानी समेत गरेको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.