www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थप ७ संक्रमितको मृत्यु, मृत्यु हुनेमा पोखराका मात्रै ६ जना

पोखरा,
ताण्डव न्यूज ।

गण्डकीमा थप ७ संक्रमितले ज्यान गुमाएका छन् । पोखराका ६ जना र तनहुँका एक कोरोना संक्रमित गरि प्रदेशमा ७ संक्रमितले ज्यान गुमाएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–२७ का ७१ वर्षीय संक्रमित पुरुषको गएराती १ बजेर ४० मिनेटको समयमा मृत्यु भएको हो । उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा कार्तिक २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Batas

यस्तै पोखरा – ८ का ५४ वर्षीय कोरोना संक्रमितको आज बिहान ३ बजेर ५० मिनेट जाँदाको समयमा उनको पनि गण्डकी मेडिकल कलेजमै उपचारको क्रममा मृत्यु भएको हो । उनमा कार्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैबीच पोखरा वडा ९ का ६८ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हिजो साँझ ११ बजे मृत्यु भएको हो ।

यस्तै पोखरा –२१ का ७५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि गएराती ११ बजेर २० मिनेटको समयमा मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै पोखरा महानगरपालिका १७ का २९ वर्षीय संक्रमित पुरुषको आज दिउँसो साढे १२ बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै पोखरा वडा नम्बर १३ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि आजै बिहान मृत्यु भएको छ । उनको विहान सवा ४ बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

यस्तै तनहुँका एक संक्रमितको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । तनहुँ जिल्ला, म्याग्दै गाउँपालिका –४ का ५१ वर्षीय संक्रमितको पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान साढे ९ बजे मृत्यु भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.