काठमाडौं ।
युरोपियन मेडिसिन्स एजेन्सी ईएमएमा साइबर हमला भएको छ । ईएमएले आफ्नो कम्प्युटर प्रणाली ह्याक भएको र कोभिड–१९ को खोपसम्बन्धी दस्तावेजहरू चोरी भएको हुनसक्ने बताएको छ।
फाइजरसँग मिलेर कोभिड–१९ खोप निर्माण गरेको बायोएनटेकले आफूले नियामक संस्थालाई बुझाएको दस्तावेजहरू ह्याकिङ्कमा चोरिएको हुनसक्ने बताएको छ।
एजेन्सीले कोभिड–१९ का दुई खोपहरूलाई अनुमति दिने प्रक्रियामा राखेको छ।केही साता लाग्ने अनुमति प्रक्रियालाई भने ह्याकिङ्ले असर नगर्ने एजेन्सीले जनाएको छ।
ईएमएले आफ्नो वेबसाइटमा राखेको सानो विज्ञप्तिमा ह्याकिङ्का बारेमा विस्तृत जानकारी दिएको छैन।एक प्रवक्ताले त्यहाँको कम्प्युटर प्रणालीले काम गरिरहेको बताएका छन्। तर बायोएनटेकले आफ्नो विज्ञप्तिमा खोपसम्बन्धी दस्तावेजहरू चोरिएको बताइएको जनाएको छ।
ूआज हामीलाई यो सूचित गरिएको छ कि‘ एजेन्सीमा साइबर हमला भएको छ र फाइजर एवम् बायोएनटेकले विकास गरेको खोपका दस्तावेजहरू जुन ईएमएको कम्प्युटरमा रहेका थिए चोरिएका छन्।’
ईएमए यूरोपेली संघमा औषधिलाई स्वीकृति दिने निकाय हो। पछिल्लो समय खोप विकास गरिरहेका र जनस्वास्थ्य संस्थाहरूमा ह्याकिङ् आक्रमणहरू बढेका छन्। बीबीसी
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.