www.tandavnews.com
Fact ~ In search of truth

मन्त्रालयले घटायो आइसोलेशनमा बस्ने अवधि, अब १० दिन क्वारेन्टिन बसे पुग्ने

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ । यसअघि संक्रमित १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्नेमा अबदेखि १० दिन मात्र बसे हुने जनाइएको छ ।

विभिन्न अध्ययनले १० दिनपछि संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने देखाएपछि क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्ने समयमा विधि घटाइएको मन्त्रालयका सहप्रवक्ता डा .समीरकुमार अधिकारीले जानकारी दिए। संक्रमणको लक्षण चिह्न देखिएर बिरामी भएका र गम्भीर प्रकृतिका बिरामीबाहेक सबै संक्रमितलाई १० दिन मात्र राख्ने मन्त्रालयको नीति, योजना र अनुगमन महाशाखाले निर्णय गरेको थियो ।

Batas

यस्तै मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालक केन्द्रले विदेशबाट नेपाल आउने व्यक्तिलाई अनिवार्य १० दिन क्वारेन्टिन वा आइसोलेशनमा बस्न भनेको छ । केन्द्रका प्रमुख तथा सहप्रवक्ता डा .अधिकारीले सूचना जारी गर्दै विदेशबाट नेपाल आएका वा संक्रमितको सम्पर्कमा आएको दिनदेखि कम्तीमा १० दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्ने जानकारी दिए।

महाशाखाले १० दिन बसेका आधारमा मात्र स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न सबै अस्पताललाई समेत अनुरोध गरेको छ । महाशाखा प्रमुख डा .गुणराज लोहनीले सूचना प्रणाली अद्यावधिक गरेअनुसार नै अस्पताललाई शोधभर्ना बापतको रकम उपलब्ध गराइने जानकारी दिए । उनले कुनै पनि अस्पतालले कोभिड–१९ का बिरामी भर्ना गरी उपचार गरेको सूचना प्रणालीमा अद्यावधिक नगरेमा मन्त्रालय÷प्रदेश÷स्थानीय तहबाट हुने अस्पताल नवीकरण वा सूचीकरण नहुने व्यवस्थासमेत गरिएको जानकारी दिए ।

मन्त्रालयले निःशुल्क उपचार गरेवापतको शोधभर्ना रकम माग गरिएका बिरामीबाट कुनै पनि शुल्क नलिन समेत अनुरोध गरेको छ । मन्त्रालयले बिरामीबाट शुल्क लिएको पाइएमा शोधभर्ना नगरिने बताएको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमित ४४४ जना क्वारेन्टिनमा र छ हजार ९४ जना होम आइसोलेशनमा छन् ।

त्यस्तै दुई लाख ५१ हजार ६९२ संक्रमित, दुई लाख ४० हजार ३६३ निको र एक हजार ७४९ जना संक्रमणका कारणले निधन भएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.