पोखरा,
ताण्डव न्यूज ।
प्रधानमन्त्री केपि शर्मा ओलीले आफू राष्ट्रबादको पक्षमा उभिने वित्तिकै आफूलाई पदबाट हटाउन लागिपर्ने तत्वहरुका कारण अहिलेको परिस्थिति सिर्जना भएको बताएका छन् ।
चीनसँगको नाका सहज बनाउनु र भारतले हडपेको भूमि फिर्ता ल्याएर नक्सा छापेकै कारण आफूलाई प्रचण्ड माधव समूहले पदमा टिक्न नदिने खेल रचेको बताए ।
लोकतन्त्र र संसदलाई ठीक ढंगले चल्न नदिएर पंगु बनाउन खोजिएपछि संसद विघटन गरेर ताजा जनादेशमा जानुपरेको प्रधानमन्त्री ओलीले जिकिर गरे ।
अब देश कुनैपनि हालतमा निर्वाचनमा जाने बताउँदै प्रधानमन्त्री ओलीले भने ‘कस्को सरकार बन्नुपर्छ अब चुनावले फैसला गर्नेछ ।’ विभिन्न आयोगहरु बनाएर सरकारले जनताको सेवा गर्न खोजेको भएपनि जनताको काम गर्न नदिईएको ओलीले बताए । प्रचण्ड माधव समूहलाई लक्षित गर्दै ओलीले भने ‘हामी काम गर्न खोज्छौँ, उनीहरु काम गर्न दिँदैनन्, काम गर्न नदिने ठिक कि काम गर्न खोज्ने ठिक ?’
सरकार शान्ति, गणतन्त्र र विकाशको पक्षमा उभिएको भन्दै प्रधानमन्त्री ओलीले अहिलेको जस्तो तीब्र विकास ईतिहासमा पहिले कहिल्यै नभएको दावी गरे ।
नेपाललाई समाजवादमा जानबाट कसैले रोक्न नसक्ने भन्दै प्रधानमन्त्री ओलीले देशमा रहेका विकासका सम्भावना र खानीहरु सञ्चालन गर्दै उद्योगको तीब्र विकासमा देश अघि बढ्ने बताए ।
प्रधानमन्त्री ओली मञ्चमा बोल्दाबोल्दै दर्शकदीर्घाबाट ‘वान्स मोर’को हुटिङ भएपछि प्रधानमन्त्री ओली केहिबेर भावुक समेत बने । केहिबेर रोकिएर ओलीले वान्स मोर को नारा सुनिरहे ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.