www.tandavnews.com
Fact ~ In search of truth

व्यासमा भूमिहीनको तथ्यांक संकलन

दमौली।

तनहुँको व्यास नगरपालिकामा करिब सात हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गरिएको छ । एक महिनामा व्यास नगरपालिकाका छ हजार ८७२ को तथ्यांक संकलन गरिएको हो ।

नगरपालिकाका १४ वटै वडाका ७३० भूमिहीन दलित, ४९७ भूमिहीन सुकुम्वासी र छ हजार १४२ अव्यवस्थित बसोबासीको तथ्यांक संकलन भएको लागत संकलक एकाइका प्रमुख विमल गिरीले जानकारी दिए। नगरपालिकाले तथ्यांक संकलनका लागि १४ वडामा २४ तथ्यांक संकलन खटाएको थियो ।

Batas

व्यास नगरपालिका–१ मा ९२ भूमिहीन दलित, ४९ भूमिहीन सुकुम्वासी, ४१० अव्यवस्थित बसोबासी, ५१० वडा नं २ मा सात भूमिहीन दलित, पाँच भूमिहीन सुकुम्वासी, १४० अव्यवस्थित बसोबासी, १४७ वडा नं ३ मा नौ भूमिहीन दलित, आठ भूमिहीन सुकुम्वासी, ३२२ अव्यवस्थित बसोबासी, वडा नं ४ मा ३३ भूमिहीन दलित, २३ भूमिहीन सुकुम्वासी र १६४ अव्यवस्थित बसोबासीको तथ्यांक संकलन भएको छ ।

वडा नं ५ मा ५६ भूमिहीन दलित, ३९ भूमिहीन सुकुम्वासी, ६५० अव्यवस्थित बसोबासी, वडा नं ६ मा १५० भूमिहीन दलित, ९५ भूमिहीन सुकुम्वासी र ५२२ अव्यवस्थित बसोबासी, वडा नं ७ मा ३३ भूमिहीन दलित, १८ भूमिहीन सुकुम्वासी र ३२८ अव्यवस्थित बसोबासी, वडा नं ८ मा पाँच भूमिहीन दलित, तीन भूमिहीन सुकुम्वासी र २०६ अव्यवस्थित बसोबासी, वडा नं ९ मा १३ भूमिहीन दलित, आठ भूमिहीन सुकुम्वासी र १३१ अव्यवस्थित बसोबासी, वडा नं १० मा ८० भूमिहीन दलित, ४८ भूमिहीन सुकुम्वासी र ९२४ अव्यवस्थित बसोबासीको विवरण संकलन गरिएको छ ।

त्यस्तै वडा नं ११ मा ७७ भूमिहीन दलित, ६० भूमिहीन सुकुम्वासी र ८९१ अव्यवस्थित बसोबासी, वडा नं १२ मा १२९ भूमिहीन दलित, १०५ भूमिहीन सुकुम्वासी र ७२५ अव्यवस्थित बसोबासी, वडा नं १३ मा ३६ भूमिहीन दलित, २८ भूमिहीन सुकुम्वासी र ४३१ अव्यवस्थित बसोबासी, वडा नं १३ मा १० भूमिहीन दलित, आठ भूमिहीन सुकुम्वासी र दुई सय ९८ अव्यवस्थित बसोबासीको विवरण संकलन गरिएको छ ।

नगरपालिकाले संकलन गरेको विवरण भूमिसम्बन्धी समस्या समाधान आयोगमा पठाइने र जाँचबुझ पछि वास्तविक भूमिहीन भएको प्रमाणित भएमा लालपुर्जा वितरण गरिनेछ । भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लाका नौ स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलनका लागि सम्झौता गरेको छ । सोहीबमोजिम सबै स्थानीय तहले लगत संकलनको काम गरिरहेका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.