www.tandavnews.com
Fact ~ In search of truth

होटल संघ पोखराद्वारा होटलका कर्मचारीहरुलाई राहात वितरण

पोखरा ।

पश्चिमाञ्चल होटल संघ पोखराले होटलका कर्मचारीहरुलाई शुक्रबार राहत सामग्री वितरण गरेको छ ।

कोभिड– १९ को संक्रमणबाट प्रभावित विभिन्न होटलका एक सय जना कर्मचारीका लागि खाद्यन्न सामग्री वितरण गरिएको हो । राहत प्राप्त गर्नेहरु आर्थिक रुपले प्रभावित अति विपन्न भएको संघले जनाएको छ ।

Batas

ग्रिन अम्ब्रेला युकेबाट उपलब्ध गराइएको चामल, दाल, तेल, नून लगायतका सामग्री वितरण गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । पोखराको लेकसाइडमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य राजिव पहारीले समस्यामा परेका होटलका कर्मचारीका लागि राहात प्रदान गरिनु सराहनीय कार्य भएको बताए ।

संघका अध्यक्ष विकल तुलाचनले कोभिड– १९ का कारण सिंगो पर्यटन क्षेत्र नै प्रभावित भएको भन्दै यसबाट होटलका कर्मचारी समेत समस्यामा परेका कारण राहत वितरण गरिएको जानकारी दिए । पोखरा बाहेक अन्य क्षेत्रमा समेत ग्रिन अम्ब्रेलाले यसप्रकारको राहात वितरण गरेको जनाइएको छ ।

कार्यक्रम संयोजक भिक्षु सागर धम्मले राहात वितरण गरिनुको उद्धेश्यबारे प्रष्ट पारेका थिए । सो अवसरमा संघका सल्लाहकार गोविन्दराज पहारी र पोखरा– ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले पनि भनाई राखेका थिए । कार्यक्रमको संचालन संघका महासचिव गणेशराज पहारीले गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.