www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका मुख्यमन्त्रीले स्वेछाचारी काम गरे : थकाली

पोखरा ।

गण्डकी प्रदेशका तर्फबाट श्रीमाया थकालीले आफ्नो समुहको प्रतिवेदन पेश गर्दै नेता माधव नेपालले पेश गरेको प्रतिवेदनलाई समर्थन जनाउँदै थप सुझावहरु पेश गरेकी छन् ।

प्रतिवेदन पेश गर्दै थकालीले गण्डकी प्रदेश केपी गुटको उर्वर भूमिका रुपमा चिनिएकाले आफ्नो पक्ष कमजोर रहेकाले त्यसलाई आफ्नो पकड जमाउन गर्नुपर्ने उपायका बारेमा नेतृत्वले ध्यान दिनुपर्ने सुझाव दिइन् ।

Batas

उनले सम्वाद र वार्ता गर्दै पार्टी एकता जोगाउनुपर्ने, ओली समुहले एकपक्षीय निर्णय गरेकाले खारेजका लागि पहल गर्नुपर्ने, त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सरकारी स्रोतसाधन एकलौटी दुरुपयोग गरेकाले भण्डाफोरको गर्नुपर्ने सुझाव समेटिएको छ ।

प्रदेश १ का तर्फबाट समूहगत छलफलपछि नेता घनेन्द्र बस्नेतले प्रतिवेदन पेश गरेका छन् । त्यस्तै लुम्बिनी प्रदेशको प्रतिवेदन पनि पेश भएको छ । प्रदेश १ का तर्फबाट आएका सुझावहरूलाई प्रतिवेदनका रुपमा पेश गर्दै नेता बस्नेतले अध्यक्ष केपी शर्मा ओलीले गुटगत भेला गरेर गरेको निर्णयको विरोध र भत्र्सना गर्नुपर्ने गर्नुको विकल्प नभएको बताएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको प्रतिवेदनमा तीन वटा सुझाव पेश गरेको छ । सांगठनिक, वैचारिक र विविध विषयमा प्रतिवेदन केन्द्रीत रहेको छ ।
१० समुहमा विभाजित टोली नेताहरुले आआफ्नो समुहको सुझाव प्रतिवेदन बुझाउने क्रम जारी छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.