पोखरा /ताण्डव न्यूज ।
पोखराको सडकमा गुडिरहेको जीपमा एक्कासी आगलागि भएको छ ।
दूध बोक्ने प्रयोजनका लागि सञ्चालित ग २ च ९३७५ नम्बरको उक्त जीपमा अचानक आगलागी भएको कास्की प्रहरीले जानकारी दिएको हो ।
जीपको पछाडि भागमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव निरीक्षक (डिएसपी) सुवास हमालले बताए । उनका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
पोखरा महानगरपालिका वडा नं. २ को अर्चलबोट चोक नजिकै जीपमा तेल हालेर निस्कने क्रममा आगलागी भएको डिएसपी हमालले बताए ।
आगो नियन्त्रणका लागि प्रहरी, स्थानीय र दमकलको समेत सहायता लिनुपरेको थियो । जीपको पछाडि भागमा आगलागी भएकाले जीपको ईन्जिनमा ठूलो क्षति हुनबाट भने जोगिएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.