www.tandavnews.com
Fact ~ In search of truth

विश्वकप फुटबलमा आज : जित्नैपर्ने दबाबमा अष्ट्रेलिया, पेरु र अर्जेन्टिना

मस्को।

विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् ।

समूह ‘सी’ को खेलमा डेनमार्क र अष्ट्रेलिया भिड्नेछन् । यो खेल नेपाली समय अनुसार आज बेलुकी पौने ६ बजे सामरा एरिनामा हुनेछ ।

Batas

पहिलो खेलमा पेरुलाई हराएको डेनमार्क आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने पहिलो खेलमा फ्रान्ससँग हारेको अष्ट्रेलिया प्रतियोगितामा जीवित रहन जित्नैपर्ने दबाबमा छ ।

आजै हुने दोस्रो खेलमा फ्रान्स र पेरु भिड्नेछन् । एकातेरिन्वर्ग एरिनामा नेपाली समय अनुसार राती पौने ९ वजे सुरु हुने खेल पेरुका लागि ‘गर वा मर’को अवस्थामा छ ।

आजै राति पौने १२ बजे अर्जेन्टिना र क्रोएसिया भिड्नेछन् । पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकिएको अर्जेन्टिना आज कुनै पनि हालतमा जितका लागि मैदानमा उत्रिनेछ ।

उता पहिलो खेलमा नाईजेरियालाई हराएको क्रोएसिया पनि लगातार दोस्रो जितका साथ अन्तिम १६ मा स्थान सरक्षित गर्ने अभियानमा हुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.