पार्टी एक ढिक्का बनाउनका लागि भएका १० बुँदे सहमतीबारे थप छलफलका लागि नेकपा ‘एमाले’ को स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । भोलि बिहान १० बजे बैठक बस्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा छलफलका लागि पुगेका ‘मध्यमार्गी’ नेताहरुसँगको छलफलपछि बैठकको मिति तय गरिएको हो । बैठकमा मध्यमार्गी धारमा रहेका नेताहरु पनि सहभागी हुने ज्ञवालीले बताए । माधव नेपाल भने पार्टी विभाजनको बाटो हिँडिसकेकाले उनी नआउने आशय ज्ञवालीको थियो।
‘भोलिको बैठकमा सबै कमरेडहरु उपस्थित हुनुहुनेछ। त्यहाँबाट पार्टीलाई थप सुदृढ बनाउने निर्णय गर्नेछ’, उनले भने । विभाजनमा नगएकाहरुलाई रोक्नका लागि सो बैठकले आह्वान गर्ने उनको भनाइ छ । आजको बैठकमा ओलीले एकताको आवश्यकताको विषयमा चर्चा गरेको ज्ञवालीले बताए ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.