www.tandavnews.com
Fact ~ In search of truth

उम्मेद्वारी नपरेपछि अध्यक्षमा आत्रेय सर्वसम्मत, अन्य पदमा निर्वाचन हुन बाँकी

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेय सर्वसम्मत भएका छन् । मंगलबार उम्मेद्वारी दर्ता कार्यक्रमसँगै अध्यक्ष पदमा आत्रेय बाहेक सो पदमा अरुको उम्मेद्वारी नपरेपछि विधानत उनी स्वत अध्यक्ष हुने भएका हुन् ।

अन्य पदमा भने निर्वाचन हुने भएको छ । वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ तथा अघिल्लो कार्यसमितिका महासचिव भरतकुमार अधिकारीबिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै प्रथम उपाध्यक्षमा उम्मेदवार राजेन्द्र ओझासँग पूर्व द्वितीय उपाध्यक्षमा प्रकाशलाल श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । द्वितीय उपाध्यक्षमा शैलेन्द्र मोहन भट्टराई तथा गोपिचन्द्र बास्तोलाबिच चुनाव हुनेछ । यता महासचिव पदमा वर्तमान उपमहासचिव उपेन्द्र सुवेदी राजु कार्यसमिति सदस्य मेनुका श्रेष्ठबिच प्रतिस्पर्धा हुने भएको छ ।

उपमहासचिव पदमा भने वर्तमान कार्यसमिति कोषाध्यक्ष जानुका पराजुली र कार्य समिति सदस्य धिरजकुमार श्रेष्ठबिच प्रतिस्पर्धा हुनेछ । सबैभन्दा धेरै उम्मेदवार आकांक्षी रहेको कोषाध्यक्ष पदमा रामजी पौडेल, भीमबहादुर नेपाली ‘काईला’, भरत ओझा र दिल कुमारी दाहाल ‘सन्ध्या’ बिच प्रतिस्पर्धा हुने भएको हो । यता ८ खुल्ला सदस्य, २ महिला सदस्य, १ संस्थागत सदस्य र १ एसोसियट सदस्य गरी १२ जनाका लागि ३० जनाको उम्मेदवारी परेको छ । यो हालसम्म कै सबैभन्दा धेरै उम्मेदवार रहेको हो ।

Batas

८ खुल्ला सदस्यका लागि टिकाराम सापकोटा, भरत थापा, निर्मल पौडेल, हरि वस्ताकोटी, माधव तिवारी, ईन्दिरा रोक्का, प्रमोद भण्डारी, राजन कल्याण बडगामी, पुष्पमणि भण्डारी, ध्रुव बाबु भटराई, खेमराज बराल, जीवन तिवारी, विक्रम कर्माचार्य, राधाकृष्ण अधिकारी, कृष्णबहादुर अधिकारी, सुरेन्द्र त्रिपाठी, ईन्द्रबहादुर थापा, विरेन्द्र भण्डारी, कुलबहादुर रानाभाट, बुद्धिप्रसाद बास्तोला र लक्ष्मीप्रसाद ढुंगाना चुनावी मैदानमा उत्रेका छन् ।

२ जना महिला सदस्यका लागि गंगा मल्ल, तुलसी थापा क्षेत्री, शान्ति कुमारी खनाल, बुद्धि कुमारी मगर र रञ्जना बरालबिच प्रतिस्पर्धा हुनेछ । एक संस्थागत सदस्यका लागि रामबहादुर गुरुङ र महेश्वर आचार्यको उम्मेदवारी परेको छ भने एक एसोसियट सदस्यका लागि विरेन्द्र बानियाँ र मेघराज पौडेलबिच प्रतिष्पर्धा हुनेछ ।

अध्यक्षसँगै पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । संस्थागत सदस्य १ जना, एसोसिएसन सदस्य १ जना, महिला आरक्षण २ जना र ८ जना खुल्ला सदस्यका लागि निर्वाचन हुनेछ । ३ जना सदस्य मनोनित हुनेछन् भने मनोनित आमन्त्रित सदस्य २ जना रहनेछन् । बढीमा ७ जना सल्लाहकार रहने व्यवस्था छ । संघमा हाल १ हजार ७ सय ५१ व्यवसायी आवद्ध छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.