www.tandavnews.com
Fact ~ In search of truth

अविरल वर्षाका कारण बेगनास सिँचाई भुनभुनेको नहरमा क्षति

रासस

अविरल वर्षाका कारण बेगनास सिँचाई प्राणालीको पोखरा महानगरपालिका–३२ स्थित भुनभुनेको नहरमा क्षति पुगेको छ । अत्यधिक परेको पानीसँगै नहर कटान हुँदा यहाँको करिब १ हजार ५ सय हेक्टरमा लगाइएको धानखेत प्रत्यक्ष प्रभावित बनेको छ ।

सोमबार साँझदेखिको वर्षाले बेगनास सिँचाई प्रणालीअन्तर्गतको बि-४ र र बि–३ नहर क्षेत्रको भुनभुनेमा करिब १ सय ५० मिटर नहर बाँध फुट्दा रु १ करोडभन्दा बढीको मर्मत खर्च लाग्ने देखिएको बि-४ शाखाका अध्यक्ष देवीलाल तिवारीले जानकारी दिएका छन् । उनका अनुसार नहरमा भएको क्षतिले यस क्षेत्रका ४ सय ५० भन्दा बढी कृषक उपभोक्ता मर्कामा परेका छन् ।

Batas

करिब १५ सय हेक्टरमा लगाइएको धानबाली सुक्खा हुने भएकाले शाखा-४ र शाखा-३ सिँचाईअन्तर्गतको नहरको बाँधले उच्च बहाव थेग्न नसकी फुटेर खुदीखोलामा मिसिन गएका कारण यहाँका मालमूल, सातमुहाने, झौरी, ४ सय फाँट, खोलाको छेउ, खुदीखोला र राजाको चौतारालगायतका फाँटमा लगाइएको धानखेत सुक्ने अवस्थामा पुगेको स्थानीयबासीले बताएका छन् ।

अस्थायीरूपमा नै भए पनि नहर तत्कालै बनाउन र खेतमा पानी पुर्याउन आवश्यक रहेकाले सिँचाई कार्यालयबाट अस्थायी नहर बनाएर सिँचाई गर्न आवश्यक रहेको शाखाका सदस्य बुद्धिसागर खनालले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.