www.tandavnews.com
Fact ~ In search of truth

एएफसी अन्डर २३ः एसियन कप छनोटको अन्तिम खेलमा आज नेपाल र लेबनान खेल्दै

पोखरा, ताण्डव न्यूज

एएफसी २३ वर्ष मुनिको एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने नेपाल र लेबनानबीचको खेल अपरान्ह ४ः४५ मा सुरु हुनेछ ।

नेपाल र लेबनानका लागि आजको खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । किनकि दुबै टिम अघिल्ला २ खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् । तर, लेबनानविरुद्ध मैदान उत्रँदा नेपाल सान्त्वना जीतको खोजीमा हुनेछ । नेपाल जीत निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ । लेबनान पनि नेपाललाई हराएर छनोटको सुखद अन्त्य गर्न चाहन्छ ।

Batas

छनोटको समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो । लेबनान पनि अंकविहीन रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.