www.tandavnews.com
Fact ~ In search of truth

बन्दबाट जनजीवनमा सामान्य प्रभाव, जबरजस्ती बन्द गराउन खोज्ने ८६ जना बन्दकर्ता पक्राउ

काठमाडौँ

नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको समान्य प्रभाव परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वधारणमा कठिनाइ भएको देखिएको छ । औद्योगिक क्षेत्र र व्यापारव्यावसायमा पनि बन्दको सामान्य प्रभाव परेको छ ।

यसैबीच सवारीसाधन जबरजस्ती बन्द गराउन खोज्ने ८६ जना बन्द कर्तालाई मुलुकका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् । भाडाका ठूला सवारीसाधन कम संख्यामा चले पनि निजी र सरकारी सवारीसाधान सञ्चालनमा कुनै प्रभाव देखिएन ।

Batas

उक्त समूहले पेट्रोलियम पदार्थलगायत मूल्य बृद्धि फिर्ताको दबाब दिन बन्द आह्वान गरेको बताएको छ । यसैबीच महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल बन्द कार्यमा संलग्न काठमाडौँ ६ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । अहिले यातायातका सवारीसाधन समान्यरूपमा सुचारु भइरहेको र जनजीवन सामान्य रहेको प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले ८ जना बन्दकर्तालाई प्रक्राउ गरेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरको बन्दलाई सफल पार्ने उद्देश्य सहित टायर लिएर हिडेका ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले ताण्डव न्यूजलाई बताए ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.