www.tandavnews.com
Fact ~ In search of truth

युआरएल पत्रकारिता पुरस्कार बास्तोलालाई

पोखरा, ताण्डव न्यूज

युआरएल पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार हरिप्रसाद बास्तोलालाई सम्मान गरिने भएको छ । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले स्थापना र सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजक रहेको प्रतिभा छनोट समितिको निर्णय अनुसार बास्तोलालाई पुरस्कृत गर्न लागिएको हो । समिति सदस्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वकुलपति प्राडा बुद्धिबहादुर थापा र सञ्चारिका समूह गण्डकी अध्यक्ष स्मीता अधिकारी थिए ।

Batas

विभिन्न संघ, संस्थाबाट पुरस्कृत एवं सम्मानित भइसकेका पत्रकार बास्तोला राष्ट्रिय समाचार समितिमा आवद्ध छन् । युआरएलको ८ औं वार्षिकोत्सवमा मंसिर २३ मा हुने समारोहमा पुरस्कार अर्पण गरिनेछ ।

स्वास्थ्य प्रयोगशालामा प्रदेशको अगुवाइ गरेको युआरएलले स्वास्थ्य सचेतनामा योगदान दिन पुरस्कार स्थापना र सञ्चालन गरेको युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । यो पुरस्कारबाट अहिलेसम्म पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ बञ्जारा, सुरेन्द्र पौडेल र प्रदीप पौडेल सम्मानित भइसकेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.