www.tandavnews.com
Fact ~ In search of truth

टि २० महिला क्रिकेट: नेपालको विश्वकप खेल्ने सपना समाप्त

काठमाडौँ

संयुक्त अरब इमिरेट्सँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आगामी सन् २०२३ मा हुने टि २० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ ।

आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आज नेपाल युएईसँग ४८ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो । त्यस्तै युएई भने अपराजित रहँदै एसिया क्षेत्रबाट आगमी वर्ष हुने टि २० ग्लोबल छनोटमा पुगेको छ । १२८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ४ ओभरमा जम्मा ७९ रन समेटियो । नेपालकी इन्दु बर्माले २० बलमा १ चौकासहित १५ रन बनाइन् भने सीता रानामगरले ८ बलमा ३ चौकासहित सर्वाधिक १३ रनमा आउट भइन् । इन्दु र सीताबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

Batas

त्यस्तै कविता कुँवर ४, रुविना क्षेत्री बेलबासे २, सरिता मगर ८, कविता जोशी १ र करुणा भण्डारी २ रनमा आउट भए भने काजल श्रेष्ठ ८, अप्सरी बेगम ४ तथा करुणा भण्डारी २ रनमा आउट भए । बलिङतर्फ युएईकी समायरा धरणीरकाले ४ विकेट लिइन् भने खुशी शर्मा र चमानी सेनेविरत्नेले २–२ विकेट लिए । चया मुगलको नाममा १ विकेट लिए । त्यसअघि आइसिसी एकेडेमी ग्राउन्ड नम्बर २ मा टस हारेर ब्याटिङ पहिले व्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । युएईकी चमानी सेनेवित्नेले सर्वाधिक ५२ रनको योगदान दिइन भने थ्रीथा सतिसले ४७ रन जोडिन । काभिसा इगोडागेले २२ रन जोडिन् ।

नेपालका कविता कुँवरले २ विकेट लिइन् भने सबनम राई, सीता रानामगर र सङ्गीता राईले १–१ विकेट लिए । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले आफ्नो तेस्रो खेलमा कुवेतलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

युएई ५ खेलमा १० अंकका साथ ग्लोबल छनोटमा पुगेको छ । नेपाल ५ खेलमा ३ मा जीत र २ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.