अञ्जना रेग्मी
पोखरा, ताण्डव न्यूज
तनहुँ खैरेनीटारकी बसन्ता श्रेष्ठ नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा चयन भएकी छन् । संघको शुक्रबार बाग्लुङमा सम्पन्न भएको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन मार्फत श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । उनको नेतृत्वमा अधिवेशनले निवर्तमान अध्यक्षसहित ११ जना नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा स्याङ्जाका अर्जुन थापा र नवलपरासीपूर्वका ध्रुवप्रसाद पाण्डे, सचिवमा कास्कीका भिमबहादुर सुनार, कोषाध्यक्षमा म्याग्दीका टेकप्रसाद सापकोटा र सह–सचिवमा स्याङ्जाका अर्जुन मरासेनी चयन भएका छन् । यस्तै सदस्यहरुमा टिकाराम सापटकोटा, कमल पौडेल, राजेन्द्र बस्नेत, सविता सुवेदी रेग्मी, रामचनद्र कोईराला छन् ।
अधिवेशनमार्फत १० जनाको कार्यसमिति चयन भएका हुन् भने निवर्तमान अध्यक्ष विदुर पौडेल स्वतः कार्यसमितिमा रहने संघका संस्थापक अध्यक्ष निर्मलराज बरालले जानकारी दिए । संघले पशु स्वास्थ्य र यो पेशामा संलग्न रहेका व्यवसायीहरुको हकअधिकारका लागि कार्य गर्दै आएको छ । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा पशु स्वास्थ्य तथा औषधी व्यवसाय गर्ने २ सय बढी संलग्न छन् । देशभर सञ्जाल रहेको संघको नेतृत्वमा श्रेष्ठ पहिलोपटक महिला अध्यक्ष बनेकी हुन् ।
-प्रशिक्षार्थी पत्रकार
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.