www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका राष्ट्रवादी युवालाई कमल थापाले सम्बोधन गर्ने

पोखरा
ताण्डव न्यूज ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गण्डकी प्रदेशको आयोजनामा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम हुने भएको छ । भदौ २२ र २३ गते पोखरामा हुने प्रदेश स्तरिय कार्यक्रमको उद्घाटन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गर्नेछन् ।

देशको समसामयिक राजनीतिक अवस्थाका बारेमा अध्यक्ष थापाले युवाहरुलाई सम्बोधन गर्ने युवा संगठन गण्डकी प्रदेशका अध्यक्ष हिक्मत जंग कार्कीले जनाए ।

Batas

दुई दिने प्रशिक्षण कार्यक्रममा झापाका प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेन र युवा संगठनका केन्द्रिय अध्यक्ष प्रकाश रिमालले युवाहरुलाई पार्टीको समसामयिक विषय,संगठन विस्तार, राष्ट्रनिर्माणमा युवाको भुमिका लगायतका विषयमा प्रशिक्षण दिने प्रदेश अध्यक्ष कार्कीले बताए ।

मुस्ताङ चोक स्थित होटल लिगेसीमा आयोजना हुने कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाबाट १०/१० युवाहरुले प्रतिनिधित्व गर्नेछन् । कार्यक्रम पुर्वान्ह ११ बजेदेखि सुरु हुनेछ ।

सोही कार्यक्रमकालागि कार्कीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गण्डकी प्रदेश महासचिव शिशिर शर्माले जानकारी दिए ।

प्रकाश कुवँरको संयोजकत्वमा मञ्च तथा स्वयंसेवक व्यवस्थापन, किरण गुरुङको संयोजकत्वमा युवा परिचालन, आर्थिक व्यवस्थापनमा गंगा थापा, प्रचारप्रसार तथा कार्यक्रम व्यवस्थापनमा शिशिर शर्मा र अतिथि तथा आतिथ्यता व्यवस्थापन संयोजकमा इन्द्र कुमारी शाही रहेका छन् ।

कार्यक्रमबारे केही जिज्ञासा भए ९८५१२१३८३८, ९८५६०३६८५४ र ९८६६०७२८९१ मा सम्पर्क गर्न महासचिव शर्माले अग्रह समेत गरेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.