www.tandavnews.com
Fact ~ In search of truth

प्रदेशसभाबाट पाएको सेवा सुविधा सामाजिक काममा

पोखरा ।

नेपाली काङ्ग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आफूले प्रदेशसभा सदस्यवापत प्राप्त गरेको एक वर्षको मासिक पारिश्रमिक एवं बैठक भत्ता र अन्य सुविधा सामाजिक काममा खर्चिएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा थापाले विसं २०७४ माघ महीनादेखि २०७५ माघसम्म आफ्नो खातामा प्रदेशसभाबाट आएको जम्मा रु सात लाख नौ हजार १३५ सहित सामाजिक काममा रु १० लाख ५४ हजार ६५५ खर्चेको जानकारी दिए।

Mahanagar add

आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका विभिन्न विद्यालय, क्लब, मठमन्दिर, बाजा समूह, टोल विकास संस्था आदिमा आफूले सहयोग गरेको उनले जानकारी दिए । यसका साथै आफ्नो पहलमा सङ्घ एवं प्रदेश सरकारबाट नमूना सडक, कृषि, बाटोघाटो, शिक्षण संस्थामा प्रयोगशाला लगायतमा विभिन्न योजना समावेश गरिएको उनले बताए।

विकास निर्माणमा यो वा त्यो पार्टी नभनी सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै उनले प्रदेशसभाको निर्वाचन पछिको १६ महीनामा जनताका अपेक्षा पूरा हुन नसक्दा उनीहरूमा निराशा बढ्दै गएको उल्लेख गरे । (रासस)
–––

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...