www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी मेडिकल कलेजका सिइओ खनाल र कन्ट्रोलर शर्मा पक्राउ

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीले गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनाल र एक्जाम कन्ट्रोलर लक्ष्मण प्रसाद शार्मालाई पक्राउ गरेको छ । मेडिकल कलेजका १० जना विरुद्ध कास्की प्रहरी कहाँ उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा खनाल र शर्मा पक्राउ परेका हुन् । कलेजले सरकारले तोके भन्दा बढी रकम लिएको भन्दै विद्यार्थीले कलेज सञ्चालक, प्रिन्सीपल,प्रशासकिय अधिकृत, लेखा शाखा प्रमुख विरुद्ध उजुरी दिएका थिए । तोकेको रकम भन्दा बढी विद्यार्थीसँग अशुली गरेको भन्दै माघ १७ देखि विद्यार्थीले आन्दोलन गरेका थिए ।

Batas

विद्यार्थीका अनुसार एमबीबीएसमा ४२लाख शुल्क राज्यले तोकिरहँदा मेडकल कलेजले भने सो भन्दा १५लाख बढी रकम असुल्ने गरेको आरोप छ । कलेजले विभिन्न समयमा गरि ५३ करोड ठगी गरेको आरोप छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.