www.tandavnews.com
Fact ~ In search of truth

पोखरा २१ मेयर कप भलिबलको फाइनलमा

पोखरा
ताण्डव न्यूज ।

कास्की जिल्ला भलिबल संघ र पोखरा लेखनाथ महानगरपालिकाको संयुक्त आयोजनामा पोखरामा बुधबारदेखि सुरु भएको प्रथम मेयरकप भलिबल प्रतियोगिताको फाइनलमा वडा नं २१ भिड्ने भएको छन् ।

आज भएको सेमिफाइनल खेलमा वडा ३३लाई हराउँदै २१ले फाइनलको यात्रा तय गरेको खेलकुद बिकास समिति वडा २१का अध्यक्ष तथा राष्ट्रिय भलिबल रेफ्री नारायण बहादुर भण्डारीले बताए ।

Batas

प्रतियोगितामा प्रथम हुने वडाले नगद १ लाख सहित ट्रफि मेडल, द्वितिय हुने वडाले नगद ५० हजार सहित ट्रफि मेडल तथा तृतीय हुने वडाले नगद २५ हजार सहित ट्रफि मेडल पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सर्वोत्कृट खेलाडी, उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, सर्भर र क्विकरलाई पनि पुरस्कृत गरिने छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.