www.tandavnews.com
Fact ~ In search of truth

सुरज आचार्य नाचे ‘बाजाको तालैमा’

पोखरा,

ताण्डव संवाददाता

सञ्चारकर्मी तथा लोक गायक सुरज आचार्यको ‘बाजाको तालैमा’ बोलको पञ्चेबाजा गीत सार्वजनिक भएको छ । आचार्यले गायिका देवि घर्तीको स्वरमा साथ दिएकी छन् ।

Batas

ऋषि खड्काको लय र रामजी पौडेलको शब्दमा तयार पारिएको गीतमा नेपाली संस्कृति अनुसार बिहेको परिवेश झल्काइएको छ । गीतको छायांकन स्याङजा गरिएको थियो ।

गीतलाई डिजिटल स्टारले बजार व्यवस्थापन गरेको हो । तारानाथ आचार्यको निर्देशनमा तयार भएको भिडियोमा ड्रोनको प्रयोग गरिएको छ । भिडियोमा विकास नेपाली र मोना थापाले अभिनय गरेका छन् ।

आचार्यको यसअघि ‘अन्त कतै नजर लाइननी, आमा, माया बस्यो झ्याप्पै’ लगायतका गीत बजारमा ल्याईसकेको छन् ।

आचार्य राष्ट्रि लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला समन्वय समिति स्याङजाका सदस्य समेत हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.