www.tandavnews.com
Fact ~ In search of truth

पर्वत अस्पतालको लापरवाही, नभाचिएको हातमा प्लास्टर

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

स्वास्थ्य सेवामा लापरवाही, हेलचेक्र्याइँ जस्ता आरोप खेप्दै आइरहेको जिल्ला अस्पताल पर्वतले साच्चीकै लापरवाही गरेको छ । अस्पतालका एक डाक्टरले हातै नभाचिएका व्यक्तिको हातमा प्लास्टर गर्दिएका छन् ।

घटना यस्तो छ

Batas

गएको साउन १९ गते कुश्मा नगरपालिका वडा नं. ५ बगैँचा चोकमा बस्दै आएकी सिता बरालका छोरा १६ बर्षिय रोशन बराल नुहाउनको लागि बाथरुम जाने क्रममा लडे । हात दुखेपछि सिताले भोलीपल्ट २० गते छोराको हात जँचाउन जिल्ला अस्पताल लगिन् ।

अस्पतालमा एक्स रे गरेपछि डक्टरले दाहिने हातको कुहिनामा २ ओटा हड्डी भाचिएको भन्दै हात प्लास्टर गर्दिएका थिए ।अझ, एउटा हड्डी जोडिन कठिन हुन सक्ने बताएपछि सिताले राम्रो अस्पतालमा जाने भन्दै छोरालाई पोखराको फेवासिटी अस्पताल ल्याइन् ।

फेवासिटीका डक्टरले हातमा केही नभएको भन्दै ५० रुपैयाँको नदुख्ने औषधि दिँदै प्लास्टर फुकाएर रोशनलाई घर फर्काइदिए । प्लास्टर गरिएको हात भाचिएको थिएन ।

रोशनकी आमा सिताका अनुसार पर्वतमा १५ सय १५ रुपैयाँ तिरेर हात प्लास्टर गरिएको थियो ।

कुश्माकै राष्ट्रिय बाल शिक्षा सदनको कक्षा ९ मा पढ्ने रोशन नियमित विद्यालय गैरहेका छन् । उनको हातमा अहिले कुनै असर नदेखिएको परिवारले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.