www.tandavnews.com
Fact ~ In search of truth

उद्योगपति रामेश्वर र देवः बैंक पोखरा विरुद्ध ठगीको उजुरी

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रालिका अध्यक्ष तथा उद्योग पति रामेश्वर थापा र देव: विकास बैंक पोखराले एक व्यवसायीलाई ठगेको आरोप लगेको छ ।

जग्गा नामसारी भएपछि बैंकले भौचरमा मात्र रकम सिमित राखेपछि पोखराका शिव बास्तोलाले अन्नपूर्ण मिडियाका अध्यक्ष थापा र देवः बैंक पोखरा विरुद्ध कारवाहीको माग गरेका छन् । वास्तोलाले अध्यक्ष थापा र बैंकलाई आवश्यक कारवाही गरि पाउँ भन्दै नेपाल राष्ट्र बैंकको बंैक तथा बित्तिय संस्था नियमन विभाग गुनासो सुनुवाई समितिमा उजुरी दिएका हुन् ।

Batas

अन्नपूर्ण मिडियाले एपी वान एचडि टेलिभिजनको सव स्टेसन बनाउने भन्दै पोखरा महानगरपालिका–३१ बेगनास ताल नजिक रहेको १८ रोपनी ११ आना २ पैसा ३ दामको घर जग्गा खरिद गरेको थियो । अन्नपूर्ण मिडियाले २०७५ साल कार्तिकमा लिएको सो जग्गाको रकम अझै सम्म पनि नदिएको भन्दै जग्गा धनी शिव बास्तोलाले गुनासो पोखेका हुन् ।

जग्गा पास गर्दा २०७५ साल कार्तिक २० गते मिडियाको तर्फबाट अख्तियारी पाएका निरज श्रेष्ठले आफ्नो र आफ्नो श्रीमतीको नामा गरि दुई वटा भौचरबाट ५ करोड २५ लाख हालेपनि अझैसम्म रकम आफ्नो खातामा नआएको बास्तोलाले सुनाए ।

‘सोही दिन देवः विकास बैंक लिमिटेडबाट मेरो श्रीमती गीता श्रेष्ठको खातामा ३ करोड ८५ लाख र मेरो खातामा सोही दिन १ करोड ४० लाख हालेको भौचर छ,’ उनले भने, ‘पछि बैंकमा सोध्दा भौचर अन्नपूर्ण मिडियाले नै फिर्ता लगेको भन्छ, बैंकले त्यस्तो गैर जिम्मेवारीपूर्ण जवाफ दिन मिल्छ ? जबकी चेक क्लियरिङमा गएको छ, फेरी पछि भौचर फिर्ता लग्यो भन्छ बैंकले, यो त बैंकको ठूलो गल्ती हो नी ।’

वास्तोलाका अनुसार  १७४३, ४६६, ४६७, २८५०, २८५२, २३३७ र १२८९ कित्ता भएको १८ रोपनी ११ आना २ पैसा ३ दामको घर जग्गा वेचेको तर ५ करोड २५ लाख अझै पाएका छैन् ।

पटक पटक सम्पर्क गर्दा पनि ‘रकम दिन्छु’ भनेर नदिएपछि राष्ट्र बैकमा निवेदन दिएको बास्तोलाले सुनाए । ‘रामेश्वर थापासँग पनि कुराकानी भयो तर केहिले कुन मिटिङमा त कहिले कहाँ भन्दै टार्ने गर्छन्,’ उनले भने, ‘अब म कानुनी बाटो अपनाउँछु ।’

यस विषयमा कुराकानी गर्न ताण्डव न्यूजले अन्नपूर्ण मिडियाको तर्फबाट अख्तियारी पाएका निरज श्रेष्ठलाई फोन सम्पर्क गर्दा केही बोल्न नमिल्ने बताए ।

‘म यहाँको कर्मचारी हुँ,मैले केही भन्न मिल्दैन् । तपाईले फोन गर्नु भएको थियो भनेर माथी कुरा पुर्याउँछु, माथिबाट नै तपाइलाई फोन आउँछ ,’ उनले भने, ‘वास्तोलाले प्रालि बिच के कुरा भयो सोही अनुसार प्रालिले मलाई काम लगाएको हो ।’

बैंकको गल्ती भएको आरोप लागेपछि ताण्डव न्युजले देव: विकास बैंक पोखरा शाखाका प्रमुख दीपक ढुङगानालाई सम्पर्क गर्दा यस विषयमा आफुले कुरा गर्न नमिल्ने बताए ।  ‘यो माथीबाट हेरेको हुनाले कुरा गर्न मिलेन,’ उनले भने, ‘तपाईले माथी नै फोन गर्नु होला ।’
ढुङगानासँग ‘केन्द्रीय कार्यालयको कुनै आधिकारीक व्यक्तिको नम्बर दिनु’ भन्दा उनले बैंकको लेण्डलाइनमै फोन गर्नु भनेर कसैको नम्बर दिन मानेनन् ।

त्यस पछि ताण्डव न्युजले देव बैक काठमाडौको सम्पर्क नम्बर ०१–४२४२२७२ र ४२४२५५३ मा पटक पटक फोन गर्दा फोन गयो तर फोन उठेन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.